सुनसरीको इनरुवा नगरपालिकाकी उप–प्रमुख विनिता कुमारी मेहताले इनरुवा सदरमुकाम भएर पनि पछि परेको स्थान भएको बताएकी छन्। इनरुवामा मालपोत तिर्न, जिल्ला प्रशासन कार्यालयमा नागरितासँगै अन्य प्रशासनिक काम र जिल्ला अस्पतालमा कुकुरले टोकेको सुईं लगाउनभन्दा कोही आउने नगरेको उनले बताइन्। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा उप–प्रमुख मेहताले स्थानीय तहमा उपप्रमुखको भूमिका मौन रहनु रहेको बताइन्।
प्रकाशित: ९ आश्विन २०७९ ११:३७ आइतबार