coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

ढल पोखरी माथि मेयर बालेनको कार्यालय

काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको बहुउद्देश्यीय निजी भवन जेडिए कम्प्लेक्स र चाइना टाउन सपिङ सेन्टरको पार्किङ स्थलमा ४ वर्षदेखि ढल निकास हुन सकेको छैन। पार्किङ स्थल चार बर्षदेखि ढल पोखरीमा परिणत भएको छ।  

वर्षातको समयमा ढल निकास नहुँदा पार्किङ सेवा परै जाओस वातावरण प्रदुषित हुदै गएपछि सर्वसाधारणले सास्ती मात्र भोग्नु परेको छ। न्युरोडदेखि सुनधारा आसपासको ढलको पानीले निकास नपाउँदा यो स्थान ढल पोखरी बनेको छ। तत्कालिन मेयर विद्यासुन्दर शाक्यले यो समस्या समाधान गर्न सकेनन्। उनको पाँच बर्षे कार्यकालमध्येको अधिकाङस समय आफ्नै कार्यालय मुनीको ढल पोखरी सफा नगरेरै सकियो।

जेडिए कम्प्लेक्स र चाइना टाउन सपिङ सेन्टरमुनि पार्किङका लागि व्यवस्था मिलाइएको छ। विगत ४ वर्षदेखि वर्षातको समयमा ढल निकास नहुँदा पार्किङबाट सेवा होइन सास्ती भोग्नु परेको हा। न्युरोडदेखि सुन्धारा आसपासको ढलको पानीले निकास नपाउँदा यो स्थान पोखरी बनेको छ। यसमा वर्षाको पानी मात्र छैन, सेफ्टी ट्यांकीको ढलसमेत मिसिएको छ।

जसका कारण पुरै क्षेत्र डुङ्डुङ्ती गन्हाइरहेको छ। त्यहाँ सञ्चालित केही पसलसमेत डुबानमा छन्। स्थानीयका अनुसार यो समस्या यसपटकको मात्र होइन, चार वर्षदेखि यसैगरी भोक्दै आएका छन्।  

बीस वर्षदेखि यो क्षेत्रमा व्यापार गर्दै आएकी सुशीला सुवेदी पछिल्लो चार वर्षदेखि निकै सास्ती भोग्नु परेको दुखेसो गछिन्। ‘व्यापार गरेको २० वर्ष भयो। २० वर्षदेखि राम्रोसँग व्यपार गरिरहेका थियाैं। पछिल्लो चार वर्षको अन्तरालमा यो क्षेत्रमा ढल ढुवानको मारमा परेका छौ’, सुवेदीले सुनाइन्।

बीस वर्षदेखि यो क्षेत्रमा व्यापार गर्दै आएकी सुशीला सुवेदी पछिल्लो चार वर्षदेखि निकै सास्ती भोग्नु परेको दुखेसो गछिन्। ‘व्यापार गरेको २० वर्ष भयो। २० वर्षदेखि राम्रोसँग व्यपार गरिरहेका थियाैं। पछिल्लो चार वर्षको अन्तरालमा यो क्षेत्रमा ढल ढुवानको मारमा परेका छौ’, सुवेदीले सुनाइन्।

पार्किङ क्षेत्रमै रहेको उनको पसल वर्षातको समयमा सधैं डुबानमा पर्छ। ढल डुबानले ढाकिएको पसलको बोर्ड देखाउँदै सुवदी भन्छिन्, ‘चार वर्षको अन्तरालमा निकै नोक्सानी व्यहोर्नु पर्‍यो। बीस वर्षदेखिका ग्राहकहरु आउनै छाडे।’

४ वर्षअघि चाइना टाउन पार्किङ क्षेत्रमा चिया पसल खोलेकी तेज्जी वाङ्मा तामाङको पीडा पनि सुशीलाको भन्दा फरक छैन। एक वर्ष ठीकठाक हिसाबले पसल चलाएकी उनले दोस्रो वर्षदेखी भने आपत् आइलाग्यो। बर्खामा उनको पसल ढलमय हुदैं आएको छ।  

न्युरोडदेखि सुन्धारा आसपास क्षेत्रको ढल बागदरबार क्षेत्र भएर बग्ने १६ फिटे राजकुलोबाट बग्छ। यो राणाकालिन कुलो हो जुन चाइना टाउन सपिङ सेन्टरको भवन र जेडिए कम्प्लेक्सको ‘अन्डरग्राउन्ड' भएर केन्द्रीय कारागार हुँदै टेकुसम्म पुग्छ। 

यो राजकुलो परम्परागत शैलीमा इटा प्रयोग गरेर निर्माण गरिएको संरचना हो। यही राजकूलोमाथि कारागारले प्रहरी क्यान्टिन, नुहाउने धारा, ट्यांकीलगायतका संरचना बनाएपछि ढल बग्ने कुलो भासिएर चार वर्षदेखि यो अवरुद्ध भएको छ। त्यसकारण ढलको पानी जेडिए कम्प्लेक्स र चाइना टाउनको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा जम्मा हुन्छ। अहिले यो क्षेत्रले ढल पोखरीको रुप धारण गरेको छ।

चाइना टाउन सपिङ सेन्टरमा जम्मा २ सय ९७ वटा व्यापारिक फर्म छन्। जहाँ दैनिक हजारौं संख्यामा भारतीय पर्यटक बस रिजर्भ गरेर आउने र सामान किन्ने गर्दथे। तर पार्किङ स्थल नै ढलमय हुन थालेपछि उनीहरूले आफ्नो ट्र्याक बदल्न थाले। व्यपारीक फर्म समेत अहिले ७० देखि ७५ मात्रै सञ्चालमा छन्।  

ढल निकास नभएकै कारण ग्राहाकको संख्यामा समेत कमि आएको चाइना टाउन केवल धनी संघका अध्यक्ष निर्मल श्रेष्ठको दुखेसो छ। ‘भएका पसल पनि बन्द हुन लागि सके, चाइना टाउनका मुख्य ग्रहाक भनेका भारतीय हुन्। ढल निकास नभएकै कारण ग्रहाक अहिले आउन पाएका छैनन्’, संघका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गाडी पार्किङ गर्ने ठाउँमा ढल जमेको छ। बाटोमा पार्किङग गरिएका छन्। त्यस कारण पर्यटक डाइभर्ट भएर अन्त गइसकेका छन्। व्यपारीलाई व्यापारको नोक्सान, डुबानमा परेका व्यापारी पनि छन्। फोहोर पानीको डुबानले गर्दा भवन नै धरापमा पर्न थालेको अवस्था छ। स्वास्थ्यको समस्या झन बढेको छ।’  

चाइना टाउनका मुख्य ग्रहाक भनेका भारतीय हुन्। ढल निकास नभएकै कारण ग्रहाक अहिले आउन पाएका छैनन्’, संघका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गाडी पार्किङ गर्ने ठाउँमा ढल जमेको छ। बाटोमा पार्किङग गरिएका छन्। त्यस कारण पर्यटक डाइभर्ट भएर अन्त गइसकेका छन्।

काठमाडौं महानगरपालिकाको कार्यालय सुनधारास्थित ऐतिहासिक बागदरबार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि सँगै रहेको जेडिए कम्प्लेक्सका पाँचौं र छैटौं तलाबाट महानगर सञ्चालन हुदै आएको छ। त्यहीं मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पनि छ।  

स्थानीय व्यवसायी चार वर्षदेखि यो समस्या समाधानका लागि महानगरपालिका कार्यालय, मेयर/उपमेयर, वडाध्यक्ष, संघीय विभाग तथा मन्त्रालयका पदाधिकारी कहाँ धाउँदा धाउँदा थाकिसकेका छन्। पछिल्लो अवस्थामा आशाको त्यान्द्रो भने पलाएको छ। 

ढल निकासका लागि महानगरपालिका अग्रसर भएको छ। ढल निकासका लागि महानगरपालिका र ढल उपभोक्ता समितिबीच सम्झौता भएको छ। योजना निर्माणका लागि महानगरपालिका र ढल उपभोक्ता समितिबीच सम्झौता भइसकेको छ। योजनाका लागि ९० प्रतिशत लगानी महानगर र १० प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने गरी सम्झौता भएको हो।

महानगरको कार्यालयमुनिकै ढल निकासका लागि ४ वर्ष कुर्नुपर्ने अवस्थामा अन्य समस्या सम्बोधनमा काठमाडौं महानगरपालिकाको काम गर्ने जागरुकताको अनुमान लगाउन सकिन्छ। आशा गरौं विगतका वर्षमा जस्तै आगामी दिनहरुमा महानगरको कार्यउदासीनताले यस्ता समस्या नदोहोरीउन्। 

प्रकाशित: १० श्रावण २०७९ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App