४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

हितेन्द्र शाक्यलाई विद्युत प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई प्राधिकरणबाट हटाएका थिए । घिसिङले आफू सरकारमा गएँसँगै शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए । यो निर्णयको विरुद्धमा शाक्य सर्वोच्च अदालत गएका थिए ।

शाक्यको रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको हो ।

प्रकाशित: २२ मंसिर २०८२ २०:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App