१ चैत्र २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

ओम ब्लू लोटस हेल्थले मनायो पाँचौँ वार्षिकोत्सव

नेपालमा अकुपञ्चरसम्बन्धी विशेषज्ञ सेवा दिँदै आइरहेको ब्लु लोटस हस्पिटलको दोस्रो सिस्टर अर्गनाइजेसनको रूपमा स्थापना भएको ओम ब्लु लोटस हेल्थ होम प्रालिले आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको छ ।  

ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष डा. सुरज कर्माचार्य, प्रमुख अतिथि डा. प्रसिद्ध खड्गी र प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीसहित सबै कर्मचारीको सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष डा. कर्माचार्यले 'नेपालका सबै नागरिकले सहज र विशेषज्ञस्तरको अकुपञ्चर सेवा प्राप्त गर्न सकुन्' भन्ने लक्ष्यले संस्थाको स्थापना गरिएको बताए।  

उपचारको क्रममा कल्पनाभन्दा निकै धेरै बिरामीहरूको विश्वास, माया र सद्भाव प्राप्त भएको अनुभव बताउँदै उनले यसले आफूलाई अझ जिम्मेवार बनाएको बताए ।

डा. प्रसिद्ध खड्गीले ब्लु लोटसले छोटो समयमा बिरामीमै केन्द्रित सेवा, अनुभवी चिकित्सक टिम र अनुशासित व्यवस्थापनबाट आमनागरिकमा विश्वास स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरे।  

प्रबन्ध निर्देशक बद्रीबहादुर कार्कीले संस्थाको सुरुवाती संघर्ष, हालको सफलता र आगामी लक्ष्यबारे गहिरो सम्बन्ध बताए । वरिष्ठ चिकित्सकहरू डा. झुलाराम अधिकारी र डा. कमल शर्माले संक्षेपमा मन्तव्य व्यक्त गर्दै संस्थाको प्रगति र अकुपञ्चर क्षेत्रमै पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।  

कार्कय्रममा अकुपञ्चर क्षेत्रमा योगदान पुर्‍याउने चिकित्सक तथा कर्मचारीहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित: २२ मंसिर २०८२ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App