तीन सिम लाग्ने कलर्स सेट

काठमाडौं, माघ ५ (नागरिक)-तीनवटा सिमकार्ड लाग्ने सेट नेपाली बजारमा भित्रिएको छ। दुइटा जिएसएम र एउटा सिडिएमए सिमकार्ड प्रयोग गर्न मिल्ने सिजी-८०० मोडलको कलर्स सेट नेपाली बजार भित्रिएको हो। सूपथ मूल्यको सेट भएकाले यो नेपालीबीच लोकप्रिय हुने कम्पनीको दाबी छ।