६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

फेसबुकको सर्च बनाउने गुगलका पूर्व इन्जिनियर

क्यालिफोर्निया, माघ ४ (एजेन्सी) - फेसबुकले मंगलबार राति घोषणा गरेको ग्राफ सर्चको निर्माण प्रख्यात सर्च इन्जिन गुगलको जागिर छाडेका दुई जना इन्जिनियर लार्स रास्मुस्सेन र टम स्टकीको नेतृत्वमा भएको हो। उनीहरुले फेसबुकको ब्लगमा लेख्दै मानिसहरुले फेसबुकमा धेरैभन्दा धेरै सामाग्री सेयर गर्न थालेकोले त्यसलाई खोज्न राम्रो उपाय आवश्यक भएकोले ग्राफ सर्च उपयोगी हुने बताएका छन्।

सर्च इन्जिनमा प्रभुत्व जमाइरहेको गुगलको एकछत्र राजलाई चुनौति दिन फेसबुकले यस्तो महत्त्वाकांक्षी योजना ल्याएको विज्ञहरुले बताएका छन्। यद्यपि गुगल र फेसबुकले गर्ने सर्च फरक हुन्।

फेसबुकले नयाँ सेवाको घोषणा गरे लगत्तै यसको सेयर २.७ प्रतिशतले बढेको छ भने गुगलको सेयर स्थिर रह्यो। त्यसो त गुगललाई फेसबुकको नयाँ सर्च सेवाले सीधै असर पार्ने स्थिति भने छैन।

गुगलले सोसल साइटका डाटाहरु संकलन गर्न निकै समयदेखि प्रयास गर्दै आइरहेको छ। यसै क्रममा उसले गुगल प्लस सन् २०११ मा सुरु गरेको थियो। गत वर्षै उसले सर्चमा गुगल प्लसका फोटो, पोस्टहरु देखाउन थालेको थियो।

सावधान, प्रयोगकर्ता

अमेरिकरी नागरिक स्वतन्त्रता युनियनले फेसबुकको घोषणासँगै प्रयोगकर्ताहरुलाई आफ्नो प्राइभेसी सेटिङको समीक्षा गर्न चेतावनी दिएको छ। प्राइभेसी सेटिङ साथीहरुबीचमात्र सीमित नराख्ने हो भने जसले पनि फेसबुकबाट प्रयोगकर्ताका तथ्याङ्क खोज्न अब संभव हुनेमा युनियनले सतर्क गराएको छ।

प्रकाशित: ४ माघ २०६९ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App