५ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

विदेशी क्लबमा व्यस्त हुने तीन नेपाली क्रिकेटर

नेपाली राष्ट्रिय क्रिकेटरहरु विदेशी क्लबमा व्यस्त हुँदै छन्।

नेपाली  टोलीमा रहेका उनीहरु नेपालको घरेलु प्रतियोगितादेखि विदेशका क्लबहरुसम्म आफूलाई उभाउँदै छन्। नेपाली राष्ट्रिय टोलीमा रहेका दीपेन्द्र सिंह ऐरी, सन्दीप लामछिाने र करण केसी विदेशी क्लबमा व्यस्त हुनेछन्।

नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पाकिस्तान सुपर लिगमा प्रतिस्पर्धा गर्दैछन्। उनले उक्त लिग इस्लामावाद युनाइटेडमा आबद रहेर खेल्नेछन्। दीपेन्द्रलाई सो क्लबले ३१ लाख नेपाली रुपैयमा किनेको हो।

पिएसएल आउँदो मार्च २६ गतेदेखि सूरु हुँदैछ। नेपालका सन्दीप लामिछानेपछि पिएसएल खेल्ने दोस्रो नेपाली खेलाडी हुन दीपेन्द्र। 

नेपालका तीव्र गतिका बलर करण केसीले पनि विदेशी क्लबबाट लिग खेल्दैछन्। उनले जापानले प्रिमियर लिग खेल्दैछन्।

करणले सो लिग खेल्ने जापान क्रिकेट संघले मंललबार सामाजिक सन्जाल मार्फत जनाएको हो। उनले कुन क्लबमा रहेर लिग खेल्न बारे भने जापानले खुलाएको छैन्। सो लिग मे २ देखि ६ गतेसम्म आयोजना हुनेछ।

त्यस्तै, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ईयू टी–२० बेल्जियम लिगमा खेल्ने भएका छन्। उनले सो लिग खेल्ने बुधबार सार्वजनिक भएको हो।

सन्दीपले पहिलो संस्करणको ईयू टी–२० बेल्जियम लियज रेड लायन्सबाट खेल्नेछन्। सो लिग मे ३० गते सुरु हुनेछ।

प्रकाशित: ४ चैत्र २०८२ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App