निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र दिइरहेको छ।
कान्तिपथस्थित आयोगको प्राङ्गणमा प्रमाण पत्र वितरण भइरहेको हो।
प्रमाण पत्र वितरणसँगै नयाँ संसदको औपचारिक कार्यभार सुरु गर्ने बाटो खुलेको छ। प्रतिनिधि सभामा समानुपातिकतर्फबाट निर्वाचित ११० जना सांसदलाई आज प्रमाणपत्र दिइने छ।
प्रकाशित: ५ चैत्र २०८२ १२:२८ बिहीबार





