५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्की रारामा

प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशका क्रममा रारामा । तस्बिर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री सुशीला कार्कीले राराको भ्रमण गरेकी छन्। कर्णाली भ्रमणमा रहेकी प्रधानमन्त्री कार्की सेनाको हेलिकोप्टरमार्फत् सुर्खेत हुँदै मुगु भएर रारा पुगेकी हुन्।  

प्रतिनिधिसभा निर्वाचन सफल भएपछि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीसहित कर्णाली भ्रमणमा निस्किएकी हुन्। प्रधानमन्त्रीको यो भ्रमण औपचारिक कार्यक्रमभन्दा बढी कर्णालीको सुरक्षा, पहुँच र राज्यको उपस्थितिसम्बन्धी चासोसँग जोडिएको देखिन्छ।

सचिवालयका अनुसार उनले मुगुमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने तयारी गरेकी उनले देशकै ठूलो उच्च हिमाली ताल रारामा पर्यटन, पूर्वाधार र संरक्षणबारे प्रत्यक्ष जानकारी लिएकी छन्।  

सो क्रममा उनले निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिइन्। 

प्रकाशित: ५ चैत्र २०८२ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App