४ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रविधि

एक पटक गरेपछि तीन दिन चार्ज गर्नुनपर्ने ब्याट्री

काठमाडौं, माघ १ (नागरिक)-लोडसेडिङका कारण मोबाइलको ब्याट्री नटिकेर हैरान भएका उपभोक्ताको गुनासोलाई ध्यानमा राख्दै नेपालको बजारमा अरेन्ज ब्रान्डका मोबाइल ब्याट्रीको बिक्री सुरु भएको छ।

महाबौद्धको प्रधान आर्केडस्थित न्यौपाने ट्रेडर्सले अरेन्ज ब्याट्री बजारमा ल्याएको हो।

सामसुङ, नोकिया, जेडटिई, मोटोरोला, हायर र हुवाई मोबाइललाई लाग्ने अरेन्ज ब्याट्रीहरु धेरै टिकाउ र गुणस्तरीय रहेको कम्पनीले दाबी गरेको छ। 'एकपटक चार्ज गरेपछि तीन दिनसम्म चार्ज गर्नु पर्दैन,' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

१५ सयदेखि २१ सय एमएचसम्मको पावर भएका यी ब्याट्रीसँगै मोबाइलका अरेन्जकै चार्जर, इएरफोन र हाउजिङ पनि बजारमा आएको न्यौपाने ट्रेडर्सले जनाएको छ।

प्रकाशित: २९ पुस २०६९ २३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App