२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

अनलाइन संस्थालाई राससको समाचार सेवा उपलब्ध गराइने

काठमाडौं, पुस २२- राष्ट्रिय समाचार समिति (रासस)ले आगामी माघ १ गतेबाट अनलाइन समाचार संस्थाहरुलाई सःशुल्क समाचार उपलब्ध गराउने भएको छ। राससबाट उत्पादित नेपाली तथा अङ्ग्रेजी भाषाका समाचारका अतिरिक्त आलेख, फोटो, अडियो तथा आर्थिक समाचार सेवा अनलाइनमार्फत अनलाइन समाचार संस्थाहरूलाई उपलब्ध गराइने समाचार महाशाखाले जनाएको छ।
समितिले अन्तर्राष्ट्रिय समाचार भने अनलाइन प्रदायक संस्थालाई उपलब्ध गराउन नसक्ने जनाएको छ। यसअघि केही अनलाइन समाचार संस्थाहरूबाटै समितिले उपलब्ध गराएको पासवर्ड र युजर दुरुपयोग गरेको भेटिएकाले समाचार बिक्रीवितरणमा समितिले रोक लगाएको थियो।

पुनः अनलाइन समाचार संस्थाहरूले पासवर्ड र युजर दुरुपयोग गरी अन्य कुनैपनि निकायलाई राससको समाचार उपलब्ध गराएको प्रमाण फेलापरेमा नेपालको प्रतिलिपि अधिकार ऐन २०६३ अनुसार कारबाही गर्ने गरी समितिले अनलाइन संस्थाहरुलाई समाचार उपलब्ध गराउने निर्णय गरेको हो।

सो निर्णय रासस सञ्चालक बोर्डको २०६९ पुस ३ गते बसेको बैठकले गरेको हो। समितिले समाचार चुहावट नियन्त्रण गर्ने क्रममा नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग, नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासङ्घलगायतका सरोकारवाला निकायहरूलाई जानकारी गराउँदा गराउँदै पनि अटेर गरी समाचार चुहावट गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने रासस बजारशाखाले जनाएको छ।

यसअघि अनलाइन प्रदायक संस्थाहरुले समितिको समाचार छ्याप्छ्याप्ती दुरुपयोग गरेको भेटिएपनि कानुनी उपचारको बाटो भने अवलम्बन गरेको थिएन। रासस

प्रकाशित: २२ पुस २०६९ ०६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App