कम्पनीले यो मोबाइलले राम्रो बजार लिने दाबी गरेको छ। मोबाइलमा दुइटा सीम लाग्छ। कम्पनीका अनुसार यसको कनेक्टिभिटी अत्यन्तै राम्रो छ। मोबाइलमा दुइटा सराउन्डिङ साउन्ड सिस्टम रहेकाले स्पस्ट सुनिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मोबाइलमा वाइफाई र ३जी चलाउन सकिन्छ। मोबाइलमा एन्ड्रोइडको चौथो पुस्ताको आइसक्रिम स्यान्डविच भर्सन अपरेटिङ सिस्टम छ। कम्पनीका अनुसार चार जिबीको आन्तरिक मेमोरी छ। यसलाई ३२ जिबीसम्म बढाउन सकिन्छ। मोबाइल सामसङको स्टोर र आउटलेटमा पाइने कम्पनीले जनाएको छ। यो मोबाइल भर्खरै दरबारमार्गमा खुलेको सामसङ मोबाइल प्रिमियम ब्रान्ड सपमा राखिएको छ।
प्रकाशित: ११ पुस २०६९ २३:१३ बुधबार





