काठमाडौं महानगरपालिका–८ को सहयोग तथा श्री पिङ्ला तेक्वान्दो डोजाङको आयोजनामा वडाअध्यक्ष तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ।
विभिन्न १३ स्पर्धा समावेश प्रतियोगितामा २ सय १० खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक वडा ८ का अध्यक्ष आशामान संगतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
क्योरुगी जुनियर पुरुषमा ४५ केजीमुनि, ४८ केजीमुनि र ५१ केजीमुनि तथा महिलामा ४२ केजीमुनि र ४६ केजीमुनि तथा सिनियर पुरुषमा ५४ केजीमुनि, ५८ केजीमुनि, ६३ केजीमुनि र ६८ केजीमुनि तौलसमूहमा खेल हुनेछ। महिलातर्फ ४६ केजीमुनि, ४९ केजीमुनि, ५३ केजीमुनि र ५७ केजीमुिन तौलसमूहमा भिडन्त हुने प्रतियोगिता सहसंयोजक एवं आयोजक डोजाङका अध्यक्ष सुरेन्द्र डंगोलले बताए।
हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ४ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। आयोजकका अुनसार विश्व तेक्वान्दो महासंघ र नेपाल तेक्वान्दो संघको नियम अनुसार सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट ५ लाख ८७ हजार रुपैयाँ रहेको छ। एकदिने प्रतियोगिताका खेल जयवागेश्वरीस्थित गोल्डेन दरबार बैंक्युटमा खेलाइनेछ।
प्रकाशित: १ माघ २०८२ ०९:५७ बिहीबार





