१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

गोदावरीमा चितुवाको आक्रमणबाट एक जना घाइते

ललितपुरको गोदावरीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।

बिहीबार राति साढे ८ बजेको आसपास गोदावरी नगरपाललिका–५ सुनारटोलस्थित गोरेटो बाटोमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका हुन्।

घाइते हुनेमा सोलुखुम्बु घर भएका ६१ वर्षीय रणबहादुर गर्तौला रहेका छन्।

गर्तौला कामबाट घर फर्कने क्रममा चितुवाले उनीमाथि आक्रमण गरेको थियो। घाइतेको लगनखेलस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

गर्तौलालाई आक्रमणबाट बचाउने क्रममा स्थानीयले चितुवालाई मारेका थिए। मृत चितुवालाई प्रहरीले जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App