१६ वैशाख २०८१ आइतबार
image/svg+xml

ग्रामीण भेगका मानिसलाई सर्पदंशको उपचार पाउनै मुस्किल

सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ। यहाँ स्वास्थ्यचौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था छ। ग्रामीण भेगका अधिकांश सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा पूर्णरुपमा बन्द छ। स्टेचर तथा डोकामा बोकेर बिरामीलाई अस्पतालसम्म पुर्‍याउनुपर्ने बाध्यता हुँदा समयमा उपचार नपाएर ज्यान जाने पनि गरेको पाइन्छ।

सर्पले टोकेर एक जनाको मृत्यु

सर्पको टोकाइबाट सिगास गाउँपालिका–७ न्वाघरका ५५ वर्षीय करि दमाइको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उडिरहेको विमानमा सर्प

मलेसियामा आन्तरिक उडानमा रहेको एयर एसियाको एक विमानमा सर्प भेटिएपछि त्यसलाई अन्यत्र मोडिएको छ। उक्त हवाई सेवाले बिहीबार क्वालालाम्पुरबाट तवानतर्फ उडेको विमानमा सर्प भेटिएको स्विकारेको छ।

सर्पले टोकेर रौतहटमा महिलाको मृत्यु

बिहान झिसमिसे अँध्यारोमै घरबाट बाहिर खेततिर शौच गर्न गएको बेलामा खेतमा विषालु सर्पले तुरहालाई टोकेको हो।

सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु

मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन्।

सर्पदंश उपचार केन्द्रलाई जिड्सको स्वास्थ्य सामग्री

जाल्पा एकीकृत विकास समाज (जीड्स) उदयपुरले त्रियुगा नगरपालिका ३ भुल्केमा रहेको ‘सामुदायिक सर्पदंश उपचार केन्द्र’लाई कोभिड रोकथाम गर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

भारतमा खेल्दाखेल्दै बच्चाले जिउँदै सर्प निलेपछि...

बच्चाको मुखमा केही वस्तु देखेर उनकी आमाले हतपत तानेर हेर्दा सर्प भएको पत्ता लागेको हो ।

नेकपा नेता झलनाथ खनालको नाममा ७२ करोड खर्च गरेर विषालु सर्प पालिँदै

सर्प पालन एवं एन्टी स्नेक भेनम उत्पादन परियोजनाका लागि सङ्घीय सरकार, प्रदेश नं २ सरकार र लालबन्दी नगरपालिकाले प्रतिष्ठानलाई ७२ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

जहाँ सर्पले डस्दा चुसेर उपचार गरिन्छ !

समाजमा अहिले पनि सर्पले डसेका बिरामीलाई अस्पताल या स्वास्थ्यकेन्द्रको आधुनिक स्वास्थ्य उपचारभन्दा वैद्यले नै चुसेर विष झार्ने उपचार पद्धतिले निको हुन्छ भन्ने विश्वास छ ।

सर्पको टाउको र कर्णालीमा कोरोना उन्मुलन गर्ने अचुक बिधी

मेरो स्वर्गीय बुवालाई सबैले शिक्षक भनेर सम्झन्छन् । म भने बुवालाई कृषकको रुपमा सम्झन्छु । एकाबिहानै कालो लामो गमबुट, ठाउँ–ठाउँमा च्यातिएर प्वाल परेको पैजामा अनि ह्वाल्ल भुँडी देखिने बन्डी लगाएर खेतका आलीआलीमा कुद्नुहुन्थ्यो । बोटविरुवासँग खै के अचम्मको साइनो थियो उहाँको ।

एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित

महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन्। महोत्तरीको भङ्गहा नगरपालिका–५ राजपुरमा पाँच घन्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन्। धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।

सर्पको टोकाइबाट एकको मृत्यु, एक घाइते

सप्तरीमा सर्पको टोकाइबाट एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

क्वारेन्टिनमा सर्पले डसेका व्यक्तिको मृत्यु

गौरीगंगा नगरपालिका–४, राजीपुरका २२ वर्षीय गणेश शाहीको क्वारेन्टिनमा बसेका बेला सर्पले डस्दा मृत्यु भएको छ ।

सर्पदंशका बिरामीलाई उपचारमा सहज

कैलाली घोडाघोडी नगरपालिका–४ का १३ वर्षीया करिष्मा रतौकेलाई गत बुधबार कोब्रा सर्पले टोक्यो। उनलाई नेपाली सेनाको काली रक्षा गण (ई) ले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा ल्याइयो। बिषालु सर्पको टोकाइले ज्यानमै केही हुन्छ भनेर परिवारका सबैजना आत्तिएका थिए तर २ दिनमै उपचारपछि निको भएर उनी घर फर्किन्।‘सर्पले टोकेपछि के हुन्छ भनेर निकै डर लागेको थियो, २ दिनमै निको भएर घर फर्के,’उनले भनिन्।

सर्पदंशको औषधि उत्पादन गर्ने तयारी

नेपालमा सधैं अभाव हुने सर्पदंशको औषधि (एन्टी स्नेक भेनम) उत्पादनको तयारी थालिएको छ। सुनसरी बराहक्षेत्र–७ मा उद्योग स्थापना गरी अबको दुई वर्षभित्र औषधि उत्पादन गर्ने बताइएको छ। एन्टी स्नेक भेनम सेरम रिसर्च एन्ड म्यानुफ्याक्चरिङ् प्रालि नामक सो कम्पनीको भौतिक पूर्वाधार निर्माण थालिसकिएको छ। सर्पदशंको औषधि उत्पादनका लागि भौतिक पूर्वाधारसँगै घोडा र सर्प पाल्नुपर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्