३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सर्पले टोकेर रौतहटमा महिलाको मृत्यु

रौतहटमा विषालु सर्पले टोक्दा एक जनाको मृत्यु भएको छ। रौतहटको ईशनाथ नगरपालिका ६ का श्रीप्रसाद तुरहाकी ३५ वर्षीय श्रीमती बचियादेवी तुरहालाई सर्पले टोकेर मृत्यु भएको हो।

बिहान झिसमिसे अँध्यारोमै घरबाट बाहिर खेततिर शौच गर्न गएको बेलामा खेतमा विषालु सर्पले तुरहालाई टोकेको हो। सर्पले टोकेपछि तत्काल उपचार गराउनु पर्नेमा घरमा राखी झारफुक गराउँदा महिलाको मृत्यु भएको स्थानीयको भनाइ छ।  

खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको वर्षौँ बित्दा पनि ग्रामीण महिलाहरु घरबाहिर दिसा बस्न जाने गरेका छन्। ग्रामीण पुरुषहरुमा पनि घरबाहिर खोलाको किनार, सडकको छेउ, खेत तथा बाँसघारी र बगैंचा, चौर वा खुल्ला ठाउँमा दिसा बस्ने बानी हटेको छैन। खुल्ला दिसामुक्त जिल्लाको कतैबाट अनुगमन हुन नसक्दा जनचेतनाको अभावमा मानिसहरु घरबाहिर शौच गर्न जाने गरेका छन्।

जिल्लामा शौच गर्न जाने महिला तथा पुरुषलाई अझै पनि बेला बेलामा सर्पले टोक्ने गरेको छ। घरबाहिर दिसा बस्न गएकी महिलालाई सर्पले टोकेर मृत्यु भएपछि जिल्लामा एकपटक खुल्ला दिसामुक्त क्षेत्रको अनुगमन तथा जनचेतनालाई विस्तार गर्नुपर्ने माग उठ्न थालेको छ।

प्रकाशित: १५ आश्विन २०७८ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App