१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा खेल्दाखेल्दै बच्चाले जिउँदै सर्प निलेपछि...

भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एक बच्चाले जिउँदै सर्प निलेका छन् ।  

टाइम्स अफ इन्डियाका अनुसार एक वर्षका ती बच्चाले खेल्दाखेल्दै सर्प मुखमा हालेका हुन् । 

बच्चाको मुखमा केही वस्तु देखेर उनकी आमाले हतपत तानेर हेर्दा जिउँदाे सर्प भएको पत्ता लागेको हो ।

त्यसपछि उनका बुबा धर्मपालले सर्पसहित बालक लिएर अस्पताल पुगे र मरेको सर्प (त्यतिबेलासम्म मारिएको) टेबलमा राख्दै सबै कुरा डाक्टरलाई सुनाए ।

डाक्टरले ६ इन्च लामो त्यो सर्प करेतको बच्चा भएको बताए, जुन धेरै विषालु हुन्छ । त्यसपछि तुरुन्तै इमर्जेन्सी वार्डमा भर्ना गरी बच्चाको उपचार थालियो । 

समयमै अस्पताल आएका कारण बच्चाको अवस्था खतरामुक्त भएको चिकित्सकले बताएका छन् ।  

प्रकाशित: २१ भाद्र २०७७ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App