५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ४:३६ पूर्वाह्न

सडकमा बटुवालाई गणित पढाउँदै विद्यार्थी

बाटोमा पढाई सम्भव छ, त्यो पनि गणित ? धेरैलाई लाग्न सक्छ, सम्भव हुँदैन। तर, तरिका मिलाउन सक्यो भने बाटोमै उभिएरै पनि गणित सिकाउन सकिन्छ, त्यो पनि बटुवालाई। पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन।

सत्ता टिकाउन सत्ताधारीकै जालझेल

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनको काँध फेरेको दुई महिना पुगेसँगै उलटपलटको संकेत देखिएको छ।

ज्योतिष दिवस : भविष्यकाे कथन मात्र होइन ज्योतिष शास्त्र

आकाशमा रहेका ग्रहहरूको गणितीय गति र अवस्थासँग जीवन र जगत्सँगको प्रभावको अध्ययन ज्योतिषीय अध्ययन हो।

धरापमा जसपा नेतृत्त्वको मधेस सरकार!

सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।

एसइईमा नतिजा बढाउन गणितमा पनि २५ नम्बर आन्तरिक !

माध्यमिक शिक्षा परीक्षा कक्षा दश (एसइई)को नतिजाको आलोचना भइरहेको अवस्थामै पास हुने दर बढाउन सरकारले गणितमा पनि २५ नम्बरको आन्तरिक प्रयोगात्मक परीक्षा लिने व्यवस्था गरेको छ।

अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी आचार्यलाई

अन्तर्राष्ट्रिय गणित प्रतियोगिता २०२३ को अनरेबल मेन्सन उपाधि नेपालकी स्विकृती आचार्यले जितेकी छिन्।

गणित पार्कको सुरुवात

विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलोपटक म्याथ पार्कको सुरुवात गरिएको छ।

गणितप्रतिको ‘भ्रम’ हटाउन राष्ट्रिय सम्मेलन सुरु

विद्यालय र उच्च शिक्षामा गणित विषयप्रतिको ‘हाउगुजी’ समाधान गर्ने उद्देश्यले सदरमुकाममा राष्ट्रिय गणित सम्मेलन सुरु भएको छ।

सिकाइमा विद्यार्थीको सक्रियता

सिकाइलाई विद्यार्थीकेन्द्रित हुनुपर्छ भन्ने शिक्षाको सिद्धान्तलाई व्यावहारिक रूप दिन सकिरहेको छैन। चाहे विज्ञान होस्, चाहे दैनिक व्यवहारसँग सम्बन्धित स्वास्थ्यसम्बन्धी विषयवस्तु होस, चाहे सिर्जनात्मक कला होस् शिक्षकले व्याख्या गर्ने र विद्यार्थीले सुन्नेमा सीमित गरिएको छ।

कोरोना खोपको गणित

गत सेप्टेम्बर २७ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्ध तेस्रो मात्राको खोप लगाउँदै गर्दा त्यहीबेला न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा तेस्रो विश्वको प्रतिनिधित्व गर्ने देशका नेताहरू ‘खोपमा जातिभेद’ को विरोध गरिरहेका थिए।

संसद्को अङ्क गणित परिवर्तन गर्न ताजा जनादेशमा जानुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए। प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले देशको आवश्यकता र संसद्को गणित फरक परेको भन्दै संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्ने बताए।

गणित तथा विज्ञान प्रविधि सरोकारवालाद्वारा विरोध प्रदर्शन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रदेखि लागु गर्न खोजेको कक्षा ११ र १२ को ‘नयाँ पाठ्यक्रम प्रारूप’ गणित एवं विज्ञान तथा प्रविधिविरोधी भएको भन्दै विज्ञान तथा प्रविधि क्षेत्रका सरोकारवाला आन्दोलनमा उत्रिएका छन्।

यस्तो छ संसदभित्रको अंकगणित

प्रतिनिधिसभामा तत्काल कायम सदस्यको बहुमत प्राप्त व्यक्ति प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसैले प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्