१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

धरापमा जसपा नेतृत्त्वको मधेस सरकार!

चार दलीय गठबन्धको गणितले बन्दैन नयाँ सरकार

संघीय सत्ता गठबन्धन फेरिएसँगै मधेस प्रदेश सरकार गणितीय हिसाबले धरापमा परेको छ। चार दलीय गठबन्धनको मधेस प्रदेशमा सरकार बनाउन बहुमत नपुग्ने भएपछि वर्तमानमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्त्वको सरकार धरापमा परेको हो।

सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।

सता गठबन्धन दलहरु एमाले–२३ सिट, जसपा –१९ सिट, माओवादी केन्द्र–९ सिट गरी ५२ सिट पुग्छ। मधेस प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन।

मधेस प्रदेशमा सरकार बनाउन चार दलीय सत्ता गठबन्धनबाट मात्र सम्भव नहुँदा जसपाका सरोज यादव नेतृत्वको सरकार धरापमा परेको हो। मधेस प्रदेश सभामा नागरिक उन्नमुक्ति पार्टीको एक, राप्रपाको एक, स्वतन्त्र, नेपाल संघीय समाजवादी पार्टी एक एक जना सांसद छ।

यत्ता, सत्ता गठबन्धन भित्रकै माओवादी केन्द्रले नयाँ सिराबाट सरकार गठन हुनुपर्ने धारण अघि सारेपछि जसपा नेतृत्वको सरकारको निरन्तरता सकसपूर्ण बनेको छ। माओवादीका मधेस प्रदेश संसदीय दलका नेता भरत साह भन्छन्, ‘अब जसपाले सरकारको नेतृत्व छोडेर अन्य पार्टीलाई दिनुपर्छ। गठबन्धनमा विगतमा भएको सहमतिअनुसार आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने उनको जिकिर छ।

यता, चार दलीय सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने सर्त राखेको छ। मधेस प्रदेश सभामा १३ सिट रहेको जनमत पार्टी आफूले सरकारको नेतृत्व पाउनुपर्ने जिकीर गर्दै आएका छन्।

मधेस प्रदेशमा रोचक के छ भने नयाँ गठबन्धनलाई सरकार बनाउन तीन मत कम हुन्छ, त्यसरी नै विपक्षी दल बन्न पुगेका कांग्रेस, जनमत, लोसपा, एकीकृत समाजवादीलाई पनि सरकार बनाउन दुई मत मात्र चाहिन्छ। यो गणितले मधेस प्रदेशमा नयाँ सरकार गठनलाई सकसपूर्ण बनाइदिएको छ।

मधेस प्रदेशमा कांग्रेसको २३ सिट, जनमतको १३ सिट, लोसपाको ९ सिट र एकीकृत समाजवादी ७ सिट छ।

जनमत, लोसपा र नेकपा एसमध्ये कुनै दल नयाँ सत्ता गठबन्धनमा सहभागी नभएमा मधेस प्रदेशमा नयाँ सरकार गठन गठिन छ। यसो नभए प्रतिपक्षी दल कांग्रेसले पनि सरकार गठन गर्न सक्ने सम्भावना छ।

यही गणितको फाइदा उठाउँदै जनमत पार्टीले मुख्यमन्त्री नपाएसम्म नयाँ गठबन्धनमा सहभागी नहुने अडान राखेका छन्। एक महिनाअघि मात्र मधेस सरकार छाडेको जनमतले जसपा नेतृत्वको मधेस सरकारमा सहभागी हुन नसकिने बताएको छ। मधेस सरकारको नेतृत्व नपाए कांग्रेससँग मिलेर सरकार गठनको प्रयास गर्ने जनमतको तयारी छ।

सत्ता गठबन्धन दलभित्रै असहमती र जनमतको अडानका कारण मधेस प्रदेशमा जसपाका सरोज यादव नेतृत्वको मधेस सरकारले निरन्तरता पाउनेमा संशय छ।

नयाँ गठबन्ध दलका एकजना मधेस प्रदेशसभा सदस्यले मधेस प्रदेशमा वर्तमान मुख्यमन्त्री सरोज यादवकै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरे। उनले भने, ‘लोसपाको समर्थनसहित जसपाको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्छ, ढुक्क रहनुस्।’

प्रकाशित: २२ फाल्गुन २०८० ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App