विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
अनौंठो लाग्छ यो मानव संसार कस्तो थियो होला, जुन समयमा लेखनकलाको आविश्कार भएको थिएन अनि आगोको आविश्कार भएको थिएन।
भाग्यमा नभएको रहर के गर्नु,मुटु पोलेर मार्ने जहर के गर्नु! आँधीबेहरी सहँदा सहँदै, मनै बगाउने लहर के गर्नु!
बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्, मनले त मान्दैन होला, तैपनि खोल्दै नखोल्नुस्। रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार, मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।
बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
साहित्यकार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ दुबईमा लोकार्पण भएको छ।
सरकार पासपोर्ट बेचेर कमाइरहन्छ, उताबाट बाकसमा लास आइरहन्छ। समृद्धिका कुरा वीरबलको खिचडी न हो, दास ताली पिट्छन् नेता चिच्याइरहन्छ।
हात दिई तानेझैं गर्नेले पछार्न पनि सक्छ,धेरै कला जानेकोले कुरा बटार्न पनि सक्छ। अन्धभक्त भई विश्वासमा नपर्नुस् कसैको, विश्वासको नाम दिई अन्धकारमा लघार्न पनि सक्छ।
भित्र कुरा लुकाएर बाहिर अर्कै बोल्छ मान्छे, आफ्ना हर्कत छिपाएर अरूका पोल खोल्छ मान्छे।
बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन,मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन। थाहा हुँदैन अघाएकालाई भोकाको पीडा, साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।
सडक खुलाजस्तै छ। बेलाबेलमा भेटिएका छन् मालबाहक ट्रकहरू। साना गाडीहरू फाट्टफुट्ट मात्र। केही किलोमिटर यात्रा गरेपछि देखिन्छन् टाढैबाट देखिने सडकमाथि राखिएका हरिया बोर्डहरू।
सबै पूजा शुद्ध नित्य हुँदैन, सबै कुराको औचित्य हुँदैन। ट्रक सायरी राम्रो भएर के? नारा लेखाइ साहित्य हुँदैन।
सम्झना तलतल लाग्ने अफिम भएर बसेको छ, महजस्तै गुलियो मान्छे निम भएर बसेको छ। जिन्दगीको पानामा हस्ताक्षर गरिसक्यो अर्कैले,अझै पनि उही दिलमा हाकिम भएर बसेको छ।