२९ असार २०८३ सोमबार
image/svg+xml
Kamala Ghimire Aadhikari
कमला घिमिरे अधिकारी


कमला घिमिरे अधिकारीका लेखहरु :

न्यायको ढोकामा शक्तिको ताला लागेपछि...!

अघिपछिभन्दा फरक चालामाला लागेपछि, अमृत मानी खाएको चिजले पखाला लागेपछि, नसोचेको गल्तीको सजाय भोग्न बाध्य हुन्छ कोही, जस्तै न्यायको ढोकामा शक्तिको ताला लागेपछि।

निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ!

सबैका लागि बत्तीस लक्षणयुक्त व्यक्ति बन्न नसके पनि, निमोठेर फाल्न खोज्नेको हातमा पनि सुगन्ध छर्न मन छ।

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि!

मुस्कुराउँछ दिल कसैले रुवाउन खोजे पनि, तर्नै नसक्ने मजधारमा डुबाउन खोजे पनि। ठक्करै ठक्करले पत्थर भएको छ मन ऐले,विश्वास लाग्दैन कसैले हात दिइ उठाउन खोजे पनि।

हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ!

पक्कै, जीवनका अनुभव सबैका थरिथरि हुनुपर्छ, दिन र रात जसरी सुख र दुख घरिघरि हुनुपर्छ। अनि पो जिउनुको छुट्टै आनन्द मिल्दछ त, हितैषी टाढै बसून् बरु, आलोचक वरिपरि हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्