७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

बाटो

कविता

आगो उमारेर पाइतालामा

अभाव चरमचरम टेक्ने

यो तनको मन र धोको

आखिर पूरा गर्ने

यिनै त हुन्- बाटो

जसलाई म सप्रेम उठाउँछु

र काँधमा बोक्छु

ससम्मान!

मलाई निद्रा लाग्दैन

यदि कुनै दिन हिंडिन भने बाटो

मलाई भोक लाग्दैन

यदि कुनै दिन हिंडिन भने बाटो

म सरासर बाँच्न सक्दिनँ

यदि कुनै दिन हिंडिन भने

मेरो शरीरमा रगत र पसीना सिन्चित हुन

हिंडिरहनुपर्छ म!

तर, महाशय,

धेरै फरक रहेछ

तिम्रो मेरो बाटो र कदम  

किनभने,

तिमी खोला र माटो बेच्दै देश खाँदै

मैले खनेको बाटो हिंड्दा रहेछौ

म भने पसीना पिउँदै

आफ्नो बाटो आफैं खनेर हिंड्दै छु।

प्रकाशित: २ भाद्र २०८१ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App