फोन नं. १०० !
किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो। टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउन प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन!
किशोरी पीडामा थिई, उसको तन्नासम्म रगतले रातै बनेको थियो। टोकरीमा राखिएका औषधिहरू गर्भपतन गराउन प्रयोग हुने कुरा उसलाई थाहा नहुने कुरै भएन!
घरको तीर्थ चिन्नुपर्छ मन्दिर धाउनु पर्दैन,फूलअक्षता थाली बोकी दु:ख पाउनु पर्दैन। वृद्ध आश्रममा वृद्धा बाबाआमा नराखिदिनु,राम सीता खुशी हुन्छन् भजन गाउनु पर्दैन।
समय एकाएक टक्क अड्यो, मुटुको ढुकढुकी बेस्सरी बढ्यो। मौसमले हो कि तिम्रो साथले,नपिए नि मनभित्र नशा चढ्यो।
हामीले सुन्नालाई सानो सोच्नु हुँदैन। सुन्ना त हो नि भनेर हेला गर्नु पनि हुँदैन। त्यही सुन्ना नहुँदा एक हुन्छ, सुन्ना थप्दा दस र सय हुँदै जान्छ।
खोटी अवश्य हुन्छ च्यातिएको टाले पनि। आखिर मन हो दुख्छ जति सम्हाले पनि। माफी माग्दैमा दिएको चोट निको हुँदैन, जसरी प्वाल रहन्छ काँटी निकाले पनि।
जीवनभित्रको जीवन सार्थक बनाउँछु भन्दा समयले छल्यो, सिङ्गो जिन्दगी लिलाम भयो, जीवनको युद्धमा जुद्धा जुद्धै।
कहिले फुट्ने कहिले जुट्ने,कहिले जुट्ने कहिले फुट्ने। नयाँ हुन अथवा पुराना, लक्ष्य एउटै हो देश लुट्ने।
आठौँ संस्करणको ‘मिस कोशी २०२४’ का विजेता तथा उपविजेतालाई विराटनगरमा सम्मान गरिएको छ।
कैयौं चोट सहीसही मीठो धुन दिन्छ मादलले,आफू रोएर अरूलाई शीतलता दिन्छ बादलले। अरूलाई खुशी पार्न मूल्य चुकाउनुपर्छ हजुर, आफू खिएरै भए पनि सुन्दरता भर्छ गाजलले।
दुश्मनलाई ओंठ र मगन्तेलाई कोट दिनु उस्तैउस्तै, लुटेरालाई नोट तथा नेतालाई भोट दिनु उस्तैउस्तै। गएपछि गयोगयो फर्केर आउला फेरि नसोचे हुन्छ,सरकारलाई राजस्व ब्वाँसालाई गोठ दिनु उस्तैउस्तै।
सिर्जना अभियान समाजको आयोजनामा मुक्तककार डा. ऋषि बस्ताकोटीसित संवाद तथा मुक्तकसंग्रह विसंगत बस्तीमाथि विमर्श गरियो।
चामलकै लागि भए पनि धान कुटिनुपर्छ, बोटकै लागि भए पनि बिउ फुटिनुपर्छ। म खुशी हुन तिमीसँगै हुनुपर्छ नभन्नुस् न,मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ।
धानको रोपाइँ जारी छ यहाँ,बोरा चामलको पारी छ यहाँ। आवादी भए सामाजिक सञ्जाल,बाँझो खेत अनि बारी छ यहाँ।