बचाउनेहरू यता छन्, त्यता छन् केही पिर छैन,लाठो हान्ने, मुड्की बटार्ने केटा छन् केही पिर छैन। जति पाप गरे पनि पापी किन सच्चिन खोज्थ्यो र! जेल पर्न नपाई छुटाउने नेता छन् केही पिर छैन।
पण्डित बाजेले पण्डितनी बज्यैसँग भित्ताको क्यालेन्डर मगाए। आफू व्यस्त हुने बार हेर्दै घेरो लगाए, फोन निकाले र तुरुन्तै ब्याक कल गरिहाले, ‘मैले पात्रो हेर्दा बिहीबार राम्रो साइत निस्कियो है, वृहस्पति बाबु!’