४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर घर बाहिर बसिरहेका ३ जनालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।

रौतहटको मौलापुरमा पानीको विषयलाई लिएर झड्प, १५ घाइते

रौतहटको मौलापुर नगरपालिकामा पानीको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना स्थानीय घाइते भएका छन्।

म्याग्दीमा पहिरोमा घाइते दुई जनालाई उपचारका लागि पोखरा पठाइयो

म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन सिर्कुममा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।

आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो ।

सशस्त्रको गोली लागेर घाइते भएका युवकको मृत्यु

सशस्त्रको गोली लागेका प्रतापपुर गाँउपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको उपचारका लागि बुटवल ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए।

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घट्नाः एकको मृत्यु, २२ जना घाइते

खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घट्ना हुँदा सह–चालकको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शनका लागि आएको दर्शनार्थी बोकेको बा ३ ख ९२८५ नम्बरको बस शनिबार बिहान दुर्घट्ना हुँदा सिन्धुपाल्चोकका अन्दाजी १८ वर्षीय सह–चालक अनिल तामाङको मृत्यु भएको हो ।

दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ नवलपरासीको दाउन्नेमा दुर्घटना भएको थियो । बस सडकबाट करिब दुइ सय मिटर तल भिरमा खसेको थियाे। दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएका थिए।

वालिङ–चापाकोट सडक खण्डमा बस दुर्घटना ८ जना घाइते

वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए।

चितुवाको आक्रमणबाट महिला घाइते

चितुवाको आक्रमणबाट सुर्नया गाउँपालिका–८, सेलाकी ४२ वर्षीया जानकी साउद घाइते भएकी छन् । मंगलबार दिउँसो करिब साढे एक बजे घर नजिकैको जंगलमा गोरुबाख्रा चराउन गएकी साउँदलाई चितुवाले आक्रमण गरि घाइते बनाएको वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । जंगलमा चितुवाले बख्रालाई आक्रमण गरेको र बाख्रा बचाउने क्रममा साउदलाई आक्रमण गरेको बताइएको छ ।

आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु

गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ।

त्रिशुलीमा ट्रक खस्दा तीन घाइते

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो।

द्धन्द्धका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै ज्ञापन पत्र

तत्कालीन माओवादी द्धन्द्धका समयमा भएका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाएका छन् । घाईते अपांगहरूका तर्फबाट राष्ट्रिय सभाका पुर्व सांसद राजकुमार कवरले प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानालाई एक अनौपचारीक कार्यक्रमका बीच ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

सिन्धुपाल्चोकमा बाढी, पहिरोको बितण्डा : यी हुन् मृतक, घाइते र बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् ।

मध्यरातमा छिमेकीको छुरा प्रहारबाट एक घाइते

मध्यरातमा छिमेकीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले विराटनगरका तीन जनालाई पक्राउ गरेको छ ।

वडाध्यक्षको कुटाइबाट गाउँपालिका अध्यक्ष घाइते

वडाध्यक्षको कुटाइबाट गम्भीर घाइते भएका पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बम ‘पलाती कान्छा’, उनकी पत्नी गोरीकला र भाइ गजेन्द्र बमलाई हेलिकोप्टरबाट आइतबार उद्दार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्