coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट महिला घाइते

चितुवाको आक्रमणबाट सुर्नया गाउँपालिका–८, सेलाकी ४२ वर्षीया जानकी साउद  घाइते भएकी छन् । मंगलबार दिउँसो करिब साढे एक बजे घर नजिकैको जंगलमा गोरुबाख्रा चराउन गएकी साउँदलाई चितुवाले आक्रमण गरि घाइते बनाएको वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए ।

जंगलमा चितुवाले बख्रालाई आक्रमण गरेको र बाख्रा बचाउने क्रममा साउदलाई आक्रमण गरेको बताइएको छ । बाख्रा बचाउने बेला चितुवाले आक्रमण गरी चिथोरेको र दुवै खुट्टाको पछाडि घाउ रहेको बताइएको छ । महिलालाई आक्रमण गर्ने बितिक्कै  गाउँलेहरूले होहल्ला गरेपछि चितुवा भागेको थियो। चितुवाको आक्रमणबाट घाइते साउदलाई उपचारका लागि डडेल्धुरा लगिएको वडाध्यक्ष बोहराले बताए । 

प्रकाशित: २६ फाल्गुन २०७७ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App