४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ ।

घाइते बालकको हेलिकप्टरमार्फत उद्दार

घरको आगँन नजिकैबाट लडेर गम्भीर घाइते भएका ५ वर्षीय बालकको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। बुढीनन्दा नगरपालिका ७ का महेश कार्कीका छोरा खगेन्द्र कार्कीको जिल्लामा उपचार संभव नभएपछि नेपाली सेनाको एन ए ००५ नम्वरको इक्युरेल हेलिकप्टर मार्फत उद्दार गरिएको हो।

बाघको आक्रमणबाट २ जना घाइते

कपिलवस्तुको बिजयनगर गाउँपालिका १ नेवलिगन्जमा बाघको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन्। शुक्रबार दिउँसो तीन बजे बाख्रा चराउन गएका स्थानीय ५० बर्षिय दिलेराम थारु र  ५५ बर्षीय बरमान रोका मगर घाईते भएका हुन।

चट्याङ लागेर याम्फुदिनमा एक जना घाइते, एक घरमा आगलागी

गएराति परेको चट्याङ लागेर ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ८ याम्फुदिनमा एक महिला घाइते भएकी छन्।

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

विपी राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ७ माझीटारमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। काठमाडौबाट धनुषातर्फ गइरहेको ज १ च ७७७ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले जानकारी दिइन्।

छुट्टाछुट्टै दुर्घटनामा वडा अध्यक्षसहित १० जना घाइते

धादिङमा आइतबार छुट्टाछुट्टै दुई दुर्घटनामा १० जना घाइते भएका छन्। गल्छीबाट धादिङबेसी आउँदै गरेको प्रदेश नं ०३–००२००१ ब०४२२ नम्बरको मोटरसाइकल जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ गैडेखोलामा दुर्घटना हुदाँ गल्छी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडासहित दुई जना गम्भीर घाइते भएका छन्।

आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।

सहयोग माग्दै जनआन्दोलनका घाइते

रुकुमका ५० वर्षीया तारा खड्का उपचारका लागि सहयोग माग्दै विभिन्न संघसंस्था चहार्दै हिँड्छन्, जो २०६२/६३ को जनआन्दोलनका घाइते हुन्।

दुर्घटनामा तीनको मृत्यु, चार जना घाइते

दैलेखको धरमपोखराबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको जीप वीरेन्द्रनगर नगरपालिका–१५ स्थित राउटे गल्छीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। भने चार जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नमस्ते सुर्खेत यातायात प्रालिको ०२–००१ ज ०००७ नम्वरको जीप रातानाङ्ला–धरमपोखरा सडकखण्ड अन्र्तगत पर्ने राउटे गल्छी नजिकै सडकबाट चार सय मिटर तल खसेको थियो।

जीप पल्टिदा १४ जना घाइते

तौलिहवा– जितपुर सडक खन्ड अन्रगत कपिलवस्तु नगरपालिका वडा नम्बर ३ महितामा लु १ ज ९०५ नम्बरको जीप पल्टिदा १४ जना घाइते भएका छन्। कुस्मादेखि तौहिवा तर्फ गईरहेको जीप बिहान १० बजेतिर अनियन्त्रित भई पल्टिएको थियो।

पूर्व घाइते लडाकू भन्छन् : प्रयोग गरेर बेवारिसे छाेडे

तत्कालीन सशस्त्र द्वन्द्वका मृतक, बेपत्ता परिवार जस्तै घाइते अपाङ्ग र कतिपय पूर्व लडाकुसमेत घर न घाटका भएका छन्। २०५९ को सुरुबाटै माओवादी सेना बनेका आठबिसकोट नगरपालिका १३ रुकुमका ३४ वर्षिय खड्क थापा ‘अभिबादन’ यतिबेला टाउकोमा बन्दुकको छर्रा बोकेर बाचिरहेका छन्। ‘उहिले माओवादीका स्वास्थ्यकर्मीले केहि फरक पर्दैन भने तर अहिले डाक्टरले फाल्ने भन्छन्। फाल्ने त हो तर अप्रेसन गर्ने पैसा छैन।’

पहिरोमा पुरीएर एकको मृत्यु, चार जना घाइते

बिहीबार नवदुर्गा गाउँपालीकामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। भने चार जना घाइते भएका छन्। पहिरो खस्दा नवदुर्गा गाउँपालिका–२ स्थित बेडपानीमा अमरघाट झोलुङ्गे पुलको फाउण्डेसनमा काम गरि रहेका श्रमिकको मृत्यु भएको हो। करिब ३० मिटरमाथिबाट पहिरो खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

गौमुलमा ट्याक्टर दुर्घटना, नौ जना घाइते

गौमुल गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परी नौ जना घाइते भएका छन्। गाउँपालिकाको ६ नम्बर वडा क्षेत्र पर्ने निलासैनबाट घटमुना तर्फ आउँदै गरेको सु.प.प्र.०१००२ त ४९९ नम्बर प्यलेटको ट्याक्टर मंगलबार बिहान सिमधारमा दुर्घटना भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्