५ आश्विन २०८१ शनिबार
image/svg+xml

म्यानमार ‘मोर्टार’ आक्रमणमा २१ विद्यार्थी घाइते

बिहीबार म्यानमारको उत्तरी रखाइन राज्यमा एक विद्यालयमा ‘मोर्टार’ आक्रमण हुँदा कम्तीमा २० बालबालिका घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा ४ को मृत्यु, ११ घाइते

पूर्वी नवलपरासीमा गएराति भएको ट्याक्टर दुर्घटना मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका-२ थरथरेमा गएराती लु ४ त २५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

बदेँलको आक्रमणबाट सात जना घाइते

गौमुल गाउँपालिका–३ माझपालिमा जंगली जनावर बदेँलको आक्रमणमा परी ७ जना घाइते भएका छन्। माझपालीमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका स्थानीय ७ जनालाई आइतबार बिहान बदेँलले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जलेर घाइते अनिताको मृत्यु

श्रीमानले शरिरमा पेट्रोल छर्किदिएपछि जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ की २३ वर्षिया अनिता यादवको आइतबार उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार चुलोमा खाना पकाईरहेकी अनिताको शरिरमा श्रीमान विनोदले पेट्रोल खन्याइदिएका थिए।

जलेर गम्भीर घाइतेलाई उपचार खर्च अभाव

ट्याक्टरमा जलेर गम्भीर घाइते उदयपुरका एक चालकको खर्च अभावले उपचार गर्न समस्या परेको छ। बिगे्रको ट्याक्टर मर्मत गर्ने क्रममा सुनसरीको इनरुवास्थित एक ग्यारेजमा राति सुतेका बेला पेट्रोलको भाँडो घोप्टिएर लागेको आगोले जलेर गम्भीर घाइते रौतामाई गाउँपालिका ३ फार्सेका १८ वर्षीय हेमबहादुर पाठकको आर्थिक अभावका कारण उपचारमा समस्या परेको हो।

खुर्पा प्रहारबाट प्रहरीसहित चार घाइते

भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन्।

सवारी दुर्घटनामा एकको मृत्यु एक घाइते

बेलहिया–बुटवल सडकमा सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। रुपन्देहीको भलवारी चोकमा लु १ ख ६४१६ नम्बरको तेल बोक्ने टयाङकरले साइकल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

चार मृतक एकै गाउँका, नेपाल घुम्न आएका ३ भारतीयसहित ४ घाइते

वर्षौंअघि छाडेको गाउँको माया उदयपुरगढी गाउँपालिका ३ बर्रेका ६१ वर्षीय टीकनारायण श्रेष्ठलाई लाग्नु स्वभाविक थियो। उसो त बसाई सरे पनि जग्गा जमिन, पुरानो भए पनि घर गोठ र खायलपायल गाउँमै थियो। मोरङको पथरी शनिश्चरे नगरपालिका ४ मा श्रेष्ठसँगै बर्रेकै ४७ वर्षीय मीननारायण श्रेष्ठ र ३५ वर्षीय टीकाराम श्रेष्ठ पनि बसाई सरी गएका थिए।

दिनभर रसिला बने सहकर्मीका आँखा

चिनेजानेका साथीभाइ दुर्घटनामा परेको खबर सुनेपछि दिनभरि काम गर्न नसकेको प्रशना लामाले बताइन्। ‘सँगै एउटै कारखानामा गलैंचा बुन्ने काम गर्ने एकै परिवारका चारजनासहित सबै चिनेजानेका दुर्घटनामा परेर मृत्यु र घाइते भएको थाहा पाएपछि कसरी मन थामेर काम गर्न सक्नु र ?’ उनले भनिन्,

'चालकले घुम्तीमा स्टेरिङ घुमाउनै सकेनन्'

बसका चालक अलि माथिबाटै स्टेरिङ (ब्रेक) सारो भयो भन्दै थिए। तलतिर अघि बढिरहँदा बसबाट गन्ध आउन थालेको थियो। ब्रेक गन्हाए जस्तो छ त भने ड्राइभरलाई सोध्यौँ। चालकले बल लगाएर स्टेरिङ चलाइरहेका थिए। घुम्तिमा पुगेपछि चालकले स्टेरिङ काट्न सकेनन्,

सेना चढेको बस दुर्घटना, तीस घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।

ट्रकको ठक्करबाट घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइयो

कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

बग्दादमा प्रदर्शन जारी:१६ प्रदर्शनकारीको मृत्यु, ४७ घाइते

इराकको राजधानी बग्दादमा जारी प्रदर्शनका क्रममा भएको आक्रमणमा परी कम्तीमा १६ प्रदर्शनकारीको मृत्यु भएको छ। अपरिचित बन्दुकधारीले शुक्रबार प्रहार गरेको गोली लागी अरु ४७ जना घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन्।

भालुको आक्रमणबाट दुई प्रहरी घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्। आक्रमणबाट जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्