५ आश्विन २०८१ शनिबार
image/svg+xml

छुट्टाछुट्टै दुर्घटनामा दर्जन बढी घाइते, ४ को अवस्था गम्भीर

उदयपुरमा शुक्रबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दर्जन बढी घाइते भएका छन्। जसमध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते म्याडोनाको कन्सर्ट रद्द

अमेरिकी गायिका म्याडोनाको कन्सर्ट रद्द भएका छन्। ‘म्याडम एक्स’ टूरको दौरान घाइते भएकी गायिका म्याडोनाको बोस्टनमा आयोजना हुने भनिएका कन्सर्टहरु रद्द गरिएका हुन्।

भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते

ओखलढुंगामा भालुको आक्रमणबाट शिक्षिका गम्भीर घाइते भएकी छिन्। भालुको आक्रमणबाट चिशंखुगढी गाउँपालिका–७ की ३७ वर्षीय मिछोकी शेर्पा गम्भीर घाइते भएकी हुन्।

जन्ती बोकेको जीप दुर्घटना हुँदा एक गम्भीर घाइते

जन्ती बोकेको जीप दुर्घटना हुँदा खोटाङमा एक गम्भीर घाइते भएका छन्। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको झापाबाट बेहुली लिएर मानेभञ्ज्याङ गाउँपालिका–५ मानेभञ्ज्याङ ओखलढुंगा फर्कदैं गरेको बा १७ च ६३३१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा मानेभञ्ज्याङका ६४ वर्षीय रामबहादुर राई गम्भीर घाइते भएका हुन्।

भालुको आक्रमणबाट युवक गम्भीर घाइते

भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन्।

बस र टेम्पो ठोक्किँदा भारतमा सातको मृत्यु, बाह्र घाइते

भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ।

हङकङ प्रदर्शनमा दुईजना गम्भीर घाइते

एकजना प्रदर्शनकारी सोमबार बिहान प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन्। २४ साताअघि सुरु भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते हुनेमा उनी तेस्रो व्यक्ति हुन्। घाइते अर्को व्यक्ति भने बेइजिङ समर्थित रहेको बिबिसीले उल्लेख गरेको छ।

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

चितवनमा गएराति भएको दुर्घटनमा एकको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ भँगेरीमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग१४प ७१६८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टेको हो।

वडा कार्यालयको मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते

वडा कार्यालयको मोटरसाइकलको ठक्करबाट दुई बालक घाईते भएका छन्। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते भएका हुन्।

इरानमा भूकम्प, पाँचको मृत्यु, १२० घाइते

इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ।

विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

स्यालको टोकाइबाट १६ घाइते

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन्। बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो। स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

सुनकोेशीमा बस खस्दा १७ जनाको मृत्यु, १४ को सनाखत, ५० घाइतेको उपचार हुँदै (नामावली)

अरनिको राजमार्गको सुकुटेबाट आइतबार सुनकोशी नदीमा बस खस्दा १७ यात्रुको मृत्यु भएको छ। दुर्घटनामा ५० यात्रु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्