१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते

बुर्किना फासो- बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

सुन खानीका मजदुरहरुलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन्। क्षेत्रीय गभर्नर साइडोउ टौसैन्त प्रोस्पर सानौले बुधबार भएको घटनामा परी अरु ६० भन्दा बढी घाइते भएको जानकारी दिए।

दुर्घटनामा परी घाइते भएकाहरुलाई तत्काल उद्धार गरेर उपचार गराउनका लागि सरकारी सुरक्षाकर्मी तथा स्वयमसेवकहरु तत्कालै परिचालन गरिएको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री रेमिस दान्डजीनौले बताए।  

घटना भएको क्षेत्रमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेको र दोषीको खोजी पनि भइरहेको उनले जानकारी दिए।

बुर्किना फासोमा आतङ्कवादीहरूको आक्रमणमा सन् २०१५ देखि अहिलेसम्म पाँच सयभन्दा बढीको मृत्यु भएको दावी गरिएको छ। उनीहरूमध्ये दुई सय जना सुरक्षाकर्मी रहेका छन् भने अरु सर्वसाधारण रहेको अधिकारीहरुले जनाएका छन्।

साथै उनीहरुको आतङ्कबाट त्रसित भएर हजारौँ स्थानीय बासिन्दा विस्थापित भएर अन्यत्र बस्दै आएका छन्। सिन्ह्वा  

 

प्रकाशित: २१ कार्तिक २०७६ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App