४ वैशाख २०८१ मंगलबार
समाज

म्याग्दीमा पहिरोमा घाइते दुई जनालाई उपचारका लागि पोखरा पठाइयो

मंगला गाउँपालिका–५, अर्मन सिर्कुममा पहिरोबाट घाइते ।

म्याग्दीको मंगला गाउँपालिका–५, अर्मन सिर्कुममा पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उपचारका लागि पोखरा पठाइएको छ । घरमाथिबाट खसेको पहिरोले घर पुरिएर घाइते भएकी  ६० वर्षीया भिमकला बुढाथोकी र २१ वर्षीया सुजिता छन्त्याल बुढाथोकीलाई थप उपचारको लागि बिहीबार विहान नेपाली सेनाका हेलिकप्टर मार्फत पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल पोखरामा पठाइएको हो ।  

बुधबार घाइते भएकी वृद्धा बुढाथोकीको ढाडमा समस्या भएपछि सवारीसाधन र पैदलयात्राभन्दा हेलिकप्टरबाट पोखरा पठाइएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताईन् । उद्धार कार्यमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकासहितको टोली पुगेका थिए । घाइतेको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीसहित स्थानीय जनप्रतिनिधिको समन्वयमा गृहमन्त्री खगराज अधिकारीलाई घटनाका बारेमा जानकारी गराइएपछि उद्धार गरिएको थियो । 

पहिरोले घर भत्किएपछि अलपत्र परेकी वृद्धा बुढाथोकीसहित परिवारलाई स्थानीयले सकुशल उद्धार गरेका थिए । म्याग्दीका बाढीपहिरोबाट करिब ७० घरपरिवारले आफ्नो बासस्थान छोडेर सार्वजनिक, आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् ।

प्रकाशित: ३ असार २०७८ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App