४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट तीन जना घाइते

सोमबार राति मोरङको बुढीगंगा गाउँपालिका–६ स्थित भित्री कच्ची सडक खण्डमा भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन्। घर बाहिर सडक छेउमा बसेका ३ जनालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।  

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर घर बाहिर बसिरहेका ३ जनालाई ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। राति ९ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो।  

ठक्करबाट ७२ वर्षीया बेचनदेवी उराव, ५१ वर्षीया गीता भगत र ६० वर्षीया फुसिया उराव घाइते भएका हुन्। घाइतेमध्ये बेचनीदेवीको आँखा, गीताको हात र फुसियाको ढाड तथा खुट्टामा चोट लागेको र उनीहरुको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक बुढीगंगा–६ कै २५ वर्षीय तुलसी चौधरीसँग सवारी चालक अनुमतिपत्र नभएको र उनले मादक पदार्थ सेवन गरी सवारी चलाएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २६ श्रावण २०७८ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App