coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटको मौलापुरमा पानीको विषयलाई लिएर झड्प, १५ घाइते

रौतहटको मौलापुर नगरपालिकामा पानीको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा १५ जना स्थानीय घाइते भएका छन्। सो नगरपालिकाको वडा नम्बर १ स्थित मर्यादपुर टोलमा पानीको बिषयलाई लिएर शनिवार विहान दुई पक्षबीच भएको झडपमा महिला पुरुष गरी १५ जना घाइते भएका छन्।

स्थानीय भुवाल साह सोनारको घरमा बर्षाको पानी जमेपछि पानी निकासको लागि पन्छाउँदा छिमेकी हृदयनारायण यादवले लगाएको धानको ब्याडमा पानी पसेपछि यादव रिसाएका थिए। वर्षाको पानी धानको ब्याड नै खतम पारेको भन्दै दुवै पक्षबीच भएको विवादले उग्ररुप लिएपछि झडप भएको हो।

झड्पमा साह तर्फबाट ८ जना र यादव पक्षबाट ७ गरी जम्मा १५ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ।

गत असार १० गते मौलापुर नगरपालिकाको नगर अधिवेशन विषय लिएर नेकपा एमाले माधव समुह, नेपाली काँग्रेस, उपेन्द्र यादव जसपा र माओवादी केन्द्र गरी चार दल एकत्रित भई योजनाबद्ध तवरबाट विथोल्न खोज्दा नकपा एमाले पक्षधरबीच झड्प भएको थियो। सोही घटनालाई लिएर रिसिइबी साँध्न झडप भएको र पानीको बिषय एउटा बहाना मात्रै भएको ओली समूहका नेता एवं पूर्वमन्त्री प्रभु साहको भनाइ छ।

जानीजानी हाम्रा कार्यकर्ताहरुमाथि निर्घात कुटपिट गरी मरणासन्न अवस्थामा पुर्याएको भन्दै झडपमा संलग्न दोषीहरुलाई पूर्वमन्त्री प्रभु साहले कडा कारबाहीको माग गरेका छन्।

बर्षाको पानी एउटा बहाना मात्रै रहेको योजनाबद्द तरिकाले हामीमाथि हमला गरको मौलापुरको निजी क्लिनिकमा उपचार गराइरहेको भुवाल साह सोनारले कुलोभन्दा पनि राजनीतिक रिसिइवी साध्ने तरीकाले आक्रमण गरेको बताए।  

भलडमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको र मौलापुर क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालनसमेत गरी घटनाको बिषयमा अनुसन्धानसमेत भइरहेको रौतहटका प्रहरी प्रम्ख एसपी सिद्धि बिक्रम शाहले बताए।

प्रकाशित: १२ असार २०७८ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App