४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

द्धन्द्धका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै ज्ञापन पत्र

ज्ञापन पत्र बुझाउै घाईते अपांग पुर्व सांसद राजकुमार कवर । तस्बिर : दिनेश/नागरिक

तत्कालीन माओवादी द्धन्द्धका समयमा भएका घाइते अपांगहरूले सरकार प्रति असन्तुष्टी जनाउँदै जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र पठाएका छन् । घाईते अपांगहरूका तर्फबाट राष्ट्रिय सभाका पुर्व सांसद राजकुमार कवरले प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानालाई एक अनौपचारीक कार्यक्रमका बीच ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।

राज्य ब्यवस्था परिवर्तनमा अमुल्य योगदान दिएका उनीहरू पछिल्लो समय सरकारद्धारा गठित कार्यदलले घाईते अपांगहरूले पाउँदै आएको जीवन निर्बाह भत्ता कटाएको प्रति आक्रोस बढेको हो । रोल्पामा द्वन्द्वका समयमा दुबै पक्ष र दोहोरो भिडन्तमा परेका घाइते अपांगहरूको संख्या ठुलो छ । बिहिबार ५५ जना घाइते अपांगहरूले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाइएका हुन्।

जिल्लामा द्वन्द्वका समयमा ९ सय ६९ जना मृतक र ३३ जना बेपत्ता रहेको सरकारी तथ्यांक छ । आधा सरिर लिएर जीबन बाचिरहेका उनीहरूका सवालमा स्थानीय सरकारहरू पनि प्राय मौन छन् । स्थानीय तहहरूले द्वन्द्व पीडित लक्षित गतिलो कार्यक्रमहरू पनि ल्याउन सकेका छैनन् ।  

द्वन्द्व सकिएको १४ वर्ष पुगिसक्दा पनि देशै भरका द्वन्द्व पीडतहरू आज पनि बिभिन्न समस्या सुनाउँदै हिडिरेका छन् । कहिल्यै अवसर पाउन नसकेका उनीहरू नारकिय जीवन बिताउन बाध्य छन्। सत्ताको भर्‍याङ बनाईएका उनीहरूलाई राज्यका तर्फबाट उपेक्षा गरिएको देखिन्छ । आखा, हात वा खुट्टा नभएका, सरिरमा गोली वा छर्रा बोकेका घाईते अपांग मैत्री योजना समेत बन्ने गरेका छैनन् ।

प्रकाशित: २२ श्रावण २०७७ १०:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App