coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दाउन्ने दुर्घटना अपडेट: घाइतेमध्ये तीनको मृत्यु

नवलपरासीको दाउन्नेमा हिजो भएको बस दुर्घटनामा घाइते भएका मध्ये तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका–२५ का ७२ बर्षीय हिमलाल न्यौपाने, इलामकी २५ बर्षीय धनु दर्लामी र मकवानपुर बकाया गाँउपालिका ५  घर भइ नवलपरासीको विनयी त्रिवेणी गाँउपालिका २ को गुम्बामा बस्ने ५७ बर्षीय ज्यामो हिसे छमो ग्याल्मो रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नम्बरको बस शनिबार साँझ नवलपरासीको दाउन्नेमा दुर्घटना भएको थियो । बस सडकबाट करिब दुइ सय मिटर तल भिरमा खसेको थियाे। दुर्घटनामा बसमा सवार ३१ जना घाइते भएका थिए। ती मध्ये गम्भिर अवस्थाका तीन जनाको उपचारकै क्रममा गएराती मृत्यु भएको नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।

घाइतेहरुको अहिले पनि नवलपुर र भरतपुरका बिभिन्न अस्पतालहरुमा उपचार भइरहेको उनले जानकारी दिए। ४ लेनमा स्तरोन्नती भइरहेको बुटवल–नारायणगढ  सडकको निर्माण कार्य निकै सुस्त छ। बाटो भत्काए लामो समय सम्म त्यसै छोडिदिदा सडकमा खाल्डाखुल्डी र धुलोले सवारी आवागमनमा सास्ती हुनुका साथै दुर्घटना बढेका छन। दाउन्ने खण्डमा पनि सडक भत्काएर असरल्ल छोडीएको छ। सडकको दुराबस्थाकै कारण यो सडकमा सवारी दुर्घटना बढेको प्रहरीले जनाएको छ। 

प्रकाशित: ५ वैशाख २०७८ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App