४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्रको गोली लागेर घाइते भएका युवकको मृत्यु

नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ। सशस्त्रको गोली लागेका प्रतापपुर गाँउपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको उपचारका लागि बुटवल ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिए।

आज बिहान ९.३० मा सशस्त्रको गोली लागी घाइते भएका राजभरलाई नवलपरासीकै चौपत्ताको सामुदायिक अस्पतालमा पुर्याइए पनि त्यहाँ उपचार हुन नसकेपछि बुटवल ल्याइएको थियो।

बुटवलको सिटी अस्पताल ल्याउने बित्तिकै चिकित्सकहरुले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।  

स्थानीयका  अनुसार  बुधबार बिहान सुस्ता गाँउपालिका ५ स्थित  बनकट्टी नाकादेखि केही पश्चिमबाट अभिनाश सहितका केही युवा भारत जान खोज्दा सशस्त्रले रोकेको थियो।  

सोही क्रममा भनाभन हुँदा सशस्त्रको लाठी प्रहारबाट एक युवकको टाउकोमा चोट लागेपछि बिहान साढे  ८ बजेबाट स्थानीय र सशस्त्रबीच झडप भएको थियो। झडपकै क्रममा तीन राउण्ड हवाइ फायर गरेपछि सशस्त्रले गोली चलाएको प्रत्यक्षदर्शी सन्तोष यादवले बताए।

प्रहरीले गोली अभिनासको खुट्टामा लागेको भने पनि प्रत्यक्षदर्सी स्थानीयले भने गोली खुट्टाको तिघ्रामा लागेको बताएका छन्। डिएसपि लामाले पनि गोली अभिनाशको तिघ्रामा लागेको बताए।

झडपकै क्रममा केही स्थानीय र सशस्त्रका एक जवान पनि सामान्य घाइते भएको स्थानीयले बताए। सशस्त्रले हवाइ फायर गरेपछि स्थानीय पछाडी हटन खोज्दै गर्दा सशस्त्रले फायर गरेको स्थानीयको दाबी छ।

सोबारे सशस्त्रले आधिकारीक जानकारी दिइसकेको छैन। तर उसले ती युवकहरु सामान तस्करी गर्ने समूहका भनेको छ। स्थानीयले भने त्यसलाई अस्वीकार गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०७८ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App