४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बिरामीका आफन्त महिलासँग दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरीको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका एक विरामीको आफन्तमाथि चिकित्सकले दुर्व्यवहार गरेका छन्। महिलाले दिएको मौखिक जाहेरीको आधारमा प्रहरीले दुर्व्यवहार गर्ने चिकित्सक डा. राजन जयसवाललाई पक्राउ गरेको छ ।

विशेषज्ञ चिकित्सक लिएर गाउँ पुग्यो सेना

कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँगाउँ पुगेको छ। स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो।

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो : अब ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म तिर्नुपर्ने

बुधबारदेखि चिकित्सकले बिरामी जाँच गरेबापत लिने शुल्क बढेको छ। नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले बिरामी जाँच गरेबापत लिन पाउने परार्मश शुल्क बढाएको जनाएका हुन्।

बैतडीमा चिकित्सक अभाव हुँदा उपचारमा समस्या

दरबन्दी अनुसारका चिकित्सक नहुँदा बैतडीमा स्वास्थ्य उपचारमा समस्या हुने गरेको छ ।

म्याराडोनाका चिकित्सकमाथि छानबिनको तयारी

‘म न्युरो सर्जन हुँ। मैले अस्पतालमा उनको उपचार गरेको हुँ र मलाई यसमा गर्व छ। मैले लुकाउनुपर्ने केही पनि छैन। तर मैले आज न्याय गुमाएको महसुस भइरहेको छ।’

नक्कली चिकित्सकले जाँच्दा बिरामी मारमा, प्रशासन मौन

चिकित्सा शिक्षा नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ ।

कोरोना संक्रमणबाट काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको निधन

काठमाडौंमा बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएर दुई वरिष्ठ चिकित्सकको निधन भएको छ।

‘कर्णालीमा सिटामोल र एमजीटको समस्या छैन’

पछिल्लोे समयमा कर्णाली ‘सिटामोल’ र ‘एमजीट’को अभाव झेल्नु परेको छैन। दक्ष विशेषज्ञ चिकित्सकले यहाँको नागरिकको उपचार गरिरहेका छन्।

जाडोमा भाइरल लोड बढी हुने हुँदा संक्रमणको डर धेरै हुन्छ : डा. सुवेदी (अन्तर्वार्ता)

महामारीका कारण काम गरेर खाने वर्गलाई मुस्किल छ। बाहिरबाट हेर्दा सचेत नभएजस्तो वा सरकारलाई नटेरेजस्तो देखिन्छ। तर उनीहरूलाई बिहान–बेलुका हातमुख जोड्न पनि समस्या छ। बालबच्चालाई कसरी पाल्ने भन्ने समस्या छ।

धादिङ अस्पतालमा अर्थाेपेडिक सर्जरी सेवा सुरु

जिल्ला अस्पताल धादिङले अर्थाेपेडिक सर्जरी सेवा सुरु गरेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर २ का एक बालकको कुहिएको कान्छी औलाको अर्थाेपेडिक सर्जरी गर्दै सेवा सुरु गरिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

विराट नर्सिङ होमका चिकित्सकमा देखियो कोरोना

मंगलबार रातिबाट सम्पर्कविहीन रहेका विराटनगरका ६५ वर्षीया एक व्यक्ति कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ संक्रमित खोजतलासपछि महानगरपालिकाले फेला पारेको छ । कोरोना संक्रमित व्यक्तिको मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल)ले अस्पतालमै स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पताल पठाएको थियो ।

सुरक्षाको माग गर्दै चिकित्सक प्रदर्शनमा

कोरोना संक्रमण (कोभिड–१९) महामारीको परवाह नगरी उपचारमा खटिएका चिकित्सकलाई कुटपिट भएको विरोधमा प्रदेश १ का चिकित्सकले मंगलबार धरानमा प्रदर्शन गरेका छन्।

चिकित्सकसहितको स्वास्थ्य सेवा

पाल्पाको हुँगी स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ। चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ।

वीपीका चिकित्सक एवं कर्मचारीहरुको तलब वृद्धि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ४३ औं सिनेट बैठकले निर्णय गरेअनुसार चिकित्सक र कर्मचारीहरुको तलब वृद्धि गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्