४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विराट नर्सिङ होमका चिकित्सकमा देखियो कोरोना

मंगलबार रातिबाट सम्पर्कविहीन रहेका विराटनगरका ६५ वर्षीया एक व्यक्ति कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ संक्रमित खोजतलासपछि महानगरपालिकाले फेला पारेको छ । कोरोना संक्रमित व्यक्तिको मंगलबार विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल)ले अस्पतालमै स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पताल पठाएको थियो । 

मंगलबार राति नै ती व्यक्तिको कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । नर्सिङ होमले संक्रमितको ठेगाना र सम्पर्क नम्बर स्पष्ट नदिँदा विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई तनाब र दबाबमा संक्रमित व्यक्ति खोज्न करिब ४० घण्टा लाग्यो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार विराटनगरमा संक्रमित भेटिएको भनेर बुधबार बिहान करिब ११ बजेतिर मात्रै आधिकारी सूचना दिँदा समस्या आएको जनाएको छ ।

अस्पतालले पहिचान लुकाउँदा करिब ४० घण्टाको खोजीपछि संक्रमित फेला  

नर्सिङ होमबाट संकलित स्वाब नमुनाको परीक्षणमा पोजेटिभ भेटिएसँगै संक्रमित सम्पर्कबाहिर रहेका थिए । महानगर प्रमुख भीम पराजुलीसहित महानगरको टोलीले प्रहरीको सहायतामा बिहीबार बिहानसम्म खोजतलास जारी राखेको थियो । महानगर प्रमुख पराजुलीका अनुसार नमुना स्वाब संकलन गरिएको अस्पतालकै चिकित्सकमा संक्रमण देखिएको हो । मेयर पराजुलीले महानगरमा छलफल भइरहेको र आवश्यक परेको खण्डमा अस्पतालमा आवतजावतमा पूर्णरूपमा रोक लगाउन सकिने बताए । पूर्णरूपमा शील नै नभए पनि जनस्वास्थ्य महाशाखाको सुझावमा आफूहरू अघि बढ्ने, पराजुलीले बताए ।

महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार मंगलबार राति नै पुष्टि भएको कुरालाई कोसीको ल्याबले बुधबार बिहान करिब ११ बजे मात्रै जानकारी दिएको र संक्रमितको स्पष्ट नाम र ठेगाना नहुँदा ठूलो समस्या भयो । बुधबार अन्य दुई जना संक्रमितलाई कोभिड १९ अस्पतालमा भर्ना गरे पनि सम्पर्कविहीन हुँदा महानगरपालिकालाई ठूलै चुनौती खडा भयो कसरी संक्रमितको पहिचना गर्ने भनेर । ‘अस्पतालले दिएको मोबाइल नम्बरसमेत गलत दिएपछि थाप जटिल समस्या सिर्जना भयो,’ कार्कीले भने, ‘अस्पताल जस्तो जिम्मेबार निकालयले गैरजिम्मेबारी पूर्ण तरिकाको व्यवहारले गर्दा सबैले दुःख पायौं ।’  

महानगरको जनस्वास्थ्य टोलीसहित प्रहरीले अस्पताल प्रशासनदेखि ल्याबका पदाधिकारीसहितलाई गरिएको सोधपुछपछि प्रशासनबाट बिहीबार संक्रमित व्यक्तिको नाम र ठेगाना खुलेको महाशाखा प्रमुख कार्कीले बताए । ६५ वर्षीय पुरुष संक्रमित अस्पतालकै चिकित्सक कर्मचारी रहेको महानगरपालिकाले जनाएको छ ।  

विराटनगरस्थित प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले भने, ‘अस्पतालले नमुना संकलनका क्रममा सबै प्रक्रिया पुर्‍याएको नदिएकाले अस्पताल कारबाहीको भागिदार रहन्छ ।’ विराट नर्सिङ होमका एक कर्मचारीका अनुसार यसरी पहिचान लुकाउनु हुँदैन थियो । अस्पतालको डाक्टरलाई नै कोरोना संक्रमित भेटियो भनेर हल्ला भयो भने बिरामी नआउने हुन कि भने गुपचुप गर्न खोजेको होलान् । 

अहिले पहिचान भइसकेपछि सबै स्टाफले अस्पताल प्रशासनसँग सबै स्टाफको पिसिरआर चेक गर्न भनेका छौं । चिकित्सकलाई कोरोना पोजेटिभ पुष्टी भए पनि नर्सिङ होममा अहिले पनि सहजै आवतजावत भइरहेको र ओपिडीलगायत अन्य सेवा सुचारु रहेको छ ।

प्रकाशित: ८ श्रावण २०७७ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App