परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीन भ्रमणका एजेण्डाबारे सत्तारूढ दलहरूबीच गृहकार्य जारी रहेको र प्रधानमन्त्री तहबाट छिट्टै त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको बताएकी छन्।
सोमबार आयोजित एक छलफल कार्यक्रममा उनले सत्तारूढ दुई दलीय संयन्त्रले भ्रमणका प्राथमिकताहरूलाई स्पष्ट गर्ने कार्यमा जुटेको जानकारी दिँदै भनिन्, ‘भ्रमणका एजेण्डाबारे कुनै द्विविधा छैन। बाहिर आएको जस्तो विवाद सत्तारूढ दलहरूबीच छैन।’
चीन भ्रमणको तयारीका क्रममा दुवै दलबीच सहकार्य र समझदारी रहेको भन्दै मन्त्री राणाले भ्रमणलाई प्रभावकारी बनाउन सरकारले आवश्यक कदम चालिरहेको स्पष्ट गरिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आगामी मंसिर १७ देखि हुने चीन भ्रमणलाई लिएर सरकारले कूटनीतिक र आर्थिक सहयोगका सम्भावनाहरूलाई मुख्य प्राथमिकतामा राख्दै एजेण्डा तय गरिरहेको बताइएको छ।
प्रकाशित: १० मंसिर २०८१ १४:२६ सोमबार