coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट काठमाडौंमा दुई वरिष्ठ चिकित्सकको निधन

डाक्टरद्वय

काठमाडौंमा बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमण भएर दुई वरिष्ठ चिकित्सकको निधन भएको छ।  

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी  दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट सोमबार बिहान डा. झाको र आइतबार राति डा. थापाको निधन भएको हो।  

उनीहरूको मृत्युले देशलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।  

प्रकाशित: १ मंसिर २०७७ १६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App