coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बिरामीका आफन्त महिलासँग दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

तस्बिर : नागरिक

सप्तरीको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका एक विरामीको आफन्तमाथि चिकित्सकले दुर्व्यवहार गरेका छन्। महिलाले दिएको मौखिक जाहेरीको आधारमा प्रहरीले दुर्व्यवहार गर्ने चिकित्सक डा. राजन जयसवाललाई पक्राउ गरेको छ ।

बिरामीलाई भेट्न आएकी ती महिलाले जाहेरीमा चिकित्सकले यौन दुर्व्यवहार समेत गरेको खुलाएकी छिन् सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले भने,‘आरोपित डाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं। दुर्व्यवहार हो कि यौन दुर्व्यवहार यसबारे शुक्ष्म अनुसन्धान भैरहेको छ।’

पीडित महिलाका अनुसार डा. जयसवालले आफ्नो कार्यकक्षभित्र बोलाएर आफूसँग यौन दुर्व्यवहार गरेको छ। आफूले चिच्याएपछि अस्पतालमा भएका बिरामीका कुरुवाले जोगाएको उनले बताइन्। विरामीका कुरुवाहरुले डाक्टरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो।

ती महिला आफ्नो प्रसूति नन्दलाई भेट्न अस्पताल आएकी थिइन्। उनको नन्द दुई दिनअघि यसै अस्पतालमा प्रसूति भएकी हुन्। उनी छोरीलाई जन्म दिएकी छिन्। दुई दिनको काँखे बच्चालाई जाँचका लागि डा. जयसवालको कक्षमा पुग्दा उनले आफूमाथि यौन दुर्व्यवहार गरेको महिलाले बताइन्। ‘मसँगै आएका मेरो पतिलाई औषधिको पुर्जा थमाउँदै बाहिर लिन पठाएर गलत गर्यो उनले भनिन्, यो डाक्टरमाथि कडा कारबाही हुनुपर्छ।  

डाक्टरको यो व्यवहारको विरोध गर्दै अस्पतालमा उपचाररत विरामीका कुरुवाहरु कारबाही माग्दै केही बेर प्रदर्शन गरेका थिए।

प्रकाशित: १४ चैत्र २०७७ ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App