४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकसहितको स्वास्थ्य सेवा

पाल्पाको हुँगी स्वास्थ्यचौकीबाट चिकित्सकसहितको स्वास्थ्य सेवा शुरु हुने भएको छ। चिकित्सकसहित सेवा पाउने भएपछि यहाँका बिरामी आधारभूत उपचारका लागि जिल्ला सदरमुकाम तानसेन धाउने समस्या हट्ने छ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट सञ्चालित हुँगी स्वास्थ्यचौकीले आगामी साउन महिनादेखि एमबीबीएस डाक्टरबाट स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। आधारतभूत स्वास्थ्यमा नागरिकको पहुँच बढाउन गाउँपालिकाले एमबीबीएस डाक्टरसहितको व्यवस्था गर्न लागेको हो। गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ देखि स्वास्थ्यमा नागिरकको पहुँच बढाउन करारमा एमबीबीएस डाक्टरको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। स्वास्थ्यचौकीमा ल्याबसहित दश जना कर्मचारी रहेका छन्।  

रम्भा गाउँपालिकाका पाँच स्वास्थ्यचौकीमा ल्याब, बर्थिङ्ग सेन्टर, तीन स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएका छन। विपन्न समुदायका ५०० नागरिकको स्वास्थ्य बीमा, स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रनितिधि गरी ३०० जनाको कोरोना बीमा गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए। गाउँपालिकाले दीर्घरोगीलाई घर–घरमा उपचार, औषधि वितरण गर्दै आएको छ।  

पालिकाले आगामी आवमा गाउँपालिकामा थप एम्बुलेन्स सञ्चालन, विपन्न परिवारलाई स्वास्थ्य बीमा, मुटु मिृर्गौला रोगीलाई आर्थिक सहयोग, दीर्घरोगीलाई औषधि व्यवस्थापन तथा सुत्केरीलाई दिँदै आएको आर्थिक सहयोग,। स्वास्थ्य क्षेत्रमा खट्ने सम्पूर्ण कर्मचारीलाई भत्तालगायतका स्वास्थ्य क्षेत्रमा बजेट व्यवस्था गरिएको गाउँपालिका प्रवक्ता कृष्ण रेग्मीले बताए। 

प्रकाशित: १७ असार २०७७ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App