५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रचण्डको डरका कारण एमसिसी पासः विजुक्छें

जनताको इच्छाविपरीत संसद्ले राति बहुमतले एमसिसी पास गर्नु दुःखद् भएको भन्दै उनले त्यसकाविरुद्ध पार्टीले देशभर विरोधसभा गरेको बताए।

किसान पेन्सनः कहीँ नपुगिने बाटो

कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशका पशु पालक कृषकका लागि गोठालो भत्ता सुरु गरेको छ। मासिक १५ सय रुपियाँ उपलब्ध गराइने यस्तो भत्ता माग गर्दै जुम्लाबाट मात्र २६५ गोठालाको निवेदन परेको छ। यस्ता निवेदन छानबिनपछि वास्तविक ठहरिएकालाई यस्तो भत्ता दिने कर्णाली सरकारले बताएको छ।

कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको राजदूत हानान गोडरल बताए।

मधेस राजनीतिमा सिके सकस

राउतको पार्टीले किसानको नाममा आफ्नो राजनीतिक रोटी सेक्ने प्रयत्न गरेको एकथरी बुद्धिजीवीको टिप्पणी छ। अर्कोथरीले राउतको मुद्दा जायज भएपनि प्रस्तुति गलत भएको टिप्पणी गर्छन्। किसानले मलखाद नपाउने अहिलेको समस्या होइन। निर्वाचनअघि यो मुद्दा चर्काउनुले राउतको चुनावी रणनीतिलाई प्रस्ट्याएको बताउनेको फेहरिस्त लामै छ। तर राउत यस भनाइलाई अस्वीकार गर्छन्।

उखु किसानको खातामै भुक्तानी

सरकारले चालु सिजनको लागि उखुको मूल्य भ्याटसहित प्रति क्वीन्टर ५९० रूपैयाँ तोकेको छ। उखु किसानले चिनी उद्योगबाट प्रतिक्वीन्टल ५२० रूपैयाँ किसानको खातामा भुक्तानी गरिरहेको छ। उद्योगले किसानको खातामा तोकिएको रकममा भ्याटबाहेकको रूपैयाँ भुक्तानी गरिरहेको रौतहटको समनपुरका अगुवा उखु किसान कामेश्वर सहनीले बताए।

नेमकिपाद्वारा भारतले लिपुलेकसम्मको सडक विस्तार जारी राख्ने अभिव्यक्तिको विरोध

भारतले नेपालको ७१ भन्दा बढी ठाउमा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरेको छ र भारत अतिक्रमित नेपाली भूमि फिर्ता गराउन नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घ लगायत अन्तर्राष्ट्रिय दबुमा आवाज उठाउन आवश्यक भएको पार्टीको धारणा छ।

सधैँ सकसमा कृषि र किसान

अरू सबैलाई खुवाउने किसान आफैँ भोकै बस्नुपर्छ। अरूलाई पेटभरि खुवाएर प्रसन्न राख्ने किसान आफैँचाहिँ कहिले मल–बिउ नपाएर रुनुपर्छ। कहिले आफ्नो उत्पादनको भुक्तानी नपाएर रुनुपर्छ।

नेपालमा पहिलोपटक केन हार्भेस्टर मेसिनको प्रयोग रौतहटको उखुमा

रौतहटमा पहिलोचोटि गरिएको केन हार्भेस्टर मेसिनको प्रयोग आउँदा दिनमा अन्य उद्योगले पनि गर्दै जाने विश्वास उद्योगले लिएको छ।

सधैं मारमा उखु किसान

विभिन्न बैंकको गरी करिब १८ लाख रुपैयाँ ऋणको भारी बोकेर अघिल्लो पुसमा सर्लाहीको धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवले प्राण त्यागे। मरणोपरान्त यादवको खातामा उखुको बक्यौता रकम पुग्यो।

सर्लाहीको नेपाल–भारत नाकामा तस्करकै रजगज

केही समय पहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुवै प्रहरी संगठनका महानिरीक्षक सर्लाही आएर राम्रोसँग काम गर्न निर्देशन दिएको भए पनि सर्लाहीको सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करी गराउनमा व्यस्त रहेको पाइएको छ।

नेता र जनताको एउटै स्वर: एमसिसी सम्झौता खारेज गर

जुलसमा सहभागीहरुले ‘एमसिसी सम्झौताः खारेज गर, एमसिसीका मतियार-होसियार, एमसिसी पास गर्ने सरकार र सांसद - खबरदार’ लगायतका नारा लगाएका थिए।

रौतहटको उखु सर्लाहीको चिनी उद्योगमा

उखुको मूल्य निर्धारण नभई किसानको उखु किन्ने काम गर्नु र उद्योग संचालनमा ल्याउनु उखु किसानमाथि धोखाधडी भएको उखु उत्पादक संघ रौतहटका सचिव सफिन्द्र यादवले बताएका छन्।

जनमत पार्टीले गरुडामा गर्‍यो मसाल जुलुस प्रदर्शन

किसान आन्दोलन गरिरहेको जनमत पार्टीले रौतहटको गरुडामा मसाल जुलुस प्रदर्शन गरेको छ।

किसानका कठिनाइ

मूल्य बढेका कारण के सरकारले पेट्रोलियम पदार्थ ल्याएको छैन? सवारी साधनदेखि अन्य वस्तुको आयात मूल्य वृद्धिका कारण रोकिएको छैन । सरकारमा रहेका व्यक्तिहरूको विलासिता पनि यसले रोकेको छैन । रोकिएको छ केबल किसानका निम्ति अत्यावश्यक मलको आपूर्ति।

संवेदनशील क्षेत्रका किसानलाई ‘बाढी बिमा’

भारतलगायतका अन्य मुलुकमा बाढीबाट क्षति भएका किसानलाई ‘बाढी बिमा’ गरिएको भए पनि नेपालमा भने पहिलोपटक सुदूरपश्चिमबाट बाढी बिमा गर्न थालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्