१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिबद्धता

नेपालका साना किसान कृषि सहकारी संस्थाका सदस्यका युवा छोराछोरीहरूलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपालस्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। 

साना किसान लघुवित्त वित्तीय संस्था एवं नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिंखडा र डिसिइयो झलेन्द्र भट्टराईसँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।

उनले नेपाली साना किसान सदस्यको जीवन रूपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकाले आफूहरूलाई खुसी लागेको बताए। नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए।

नेपालबाट प्रशिक्षार्थीका रूपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्यायन गरेर फर्केका धेरै युवाहरू अहिले व्यवसायी बनिरहेका छन्। नेपालमै सम्भावनाको ढोका खोलिरहेका छन्।

भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था एंव नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरूले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए। नेपालका युवाहरूलाई इजरायलले प्रशिक्षार्थी विधार्थीका रूपमा अवसर दिएर नेपालका किसानहरूलाई ठूलो गुन लगाएको बताए।

इजरायल सरकार र नेपाल स्थित इजरायली राजदूतावास एंव राजदूत हानान गोडरले खलेको भूमिका महŒवपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले सम्पूर्ण नेपालका किसानहरूको तर्फबाट धन्यवाद व्यक्त गरे। उनले नेपाल र इजरायलबीचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्यायनका लागि विद्यार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताए।

अहिले इजरायलबाट नेपाल फर्केका युवाहरूले देशकै लागि नमुना योग्य कृषि गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले पनि यस कार्यक्रमलाई साथ दिनुपर्नेमा पाठकले जोड दिए।

इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोड बराबरको तरकारी बिक्री गरिरहेका छन्। यसैगरी धादिङकै नौबिसेका देवराज आचार्यले पनि उदाहरणीय तकारी खेती गरिरहेका छन्।

यसैगरी तनहुँको बाख्रा फार्म, रूपन्देहीको सिर्जना चौधरीले गरेको माछा पालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्मलगायत यस्तै धेरै युवाहरूको कृषि तथा पशुपालनको कर्म हेर्न लाएक रहेका छन्।

इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरू व्यवसायी बनिसकेका छन्। यसैगरी धेरै युवाहरू इजरायलबाट सिप सिकेर नेपाल फर्केकाहरूबाट प्रेरित भएर कृषि कर्ममा राम्रो आम्दानी गरिरहेका छन्।

इस कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने बताएका नेपालका लागि इजरायली राजदूत यसअघि पनि नेपालका लागि राजदूत भइसकेका थिए। नेपाल मामिलाबारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडरकै अग्रसरतामा नेपालका साना किसाका छोराछोरीहरूलाई १० महिने प्रशिक्षार्थी कामदारका रूपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो।

प्रकाशित: ७ फाल्गुन २०७८ ०२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App