४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

न्यायाधीश सिफारिसमा अझै विवाद

सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद्को बैठक सरुवाको निर्णय गर्नमै सीमित बनेको छ।

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।

कान्तिमा बालिका मृत्यु विवादबारे मेडिकल काउन्सिलले अध्ययन गर्ने

अस्पतालको आकस्मिक कक्षमा पुगेकी बालिकाको मृत्युको विवादपछि कान्ति बाल अस्पतालले आकस्मिक कक्षको उपचार प्रक्रियामा सुधार गरेको जनाएको छ।

विवादमा ‘एक भगवत् गीता’

विश्व हिन्दू महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दू युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दू जागरण नेपालले चलचित्र ‘एक भगवत् गीता’को शीर्षक र पात्रले सनातन धर्ममाथि चोट पुर्‍याएको भन्दै प्रदर्शन रोक्न माग गरी चलचित्र विकास बोर्डमा निवेदन दिएपछि जाँचपास रोकिएको छ।

गिरीबन्धु ‘टि–स्टेट’ प्रालि: आन्तरिक विवादसँगै सरकारी झमेला

झण्डै एक दशकको योजनाअनुसार राज्यका विभिन्न निकाय, उच्च पदस्थ अधिकारी र राजनीतिक नेतृत्वसम्मलाई सेटिङ गरेर २०७६ सालमा भूमिसम्बन्धी ऐन नै संशोधन गराएको स्रोतको दाबी छ।

एकपछि अर्को विवादित निर्णय गर्दै मन्त्री किराती

मन्त्री किरातीले साउन दोस्रो साता पशुपति क्षेत्र विकास कोषको सदस्यमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

मुद्दा घट्दै र क्षमता गुमाउँदै

‘लामो समय ढिलाइ गरेर तोक लाग्यो त्यसपछि मुद्दा दर्ता भयो, दर्ता भएको ३ महिना बितिसक्दासमेत अहिले सम्म पेशी नहुँदा बहस भएको छैन।’

क्षेत्राधिकार विवादले तनावमा विद्यार्थी

निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष अरूणकुमार पाण्डे भन्छन्, ‘चिकित्सा शिक्षा आयोगले विद्यार्थी भर्ना रोक भन्छ, सिटिइभिटीले भर्ना गर भन्छ।’

विवादित खत्री पशुपतिमा पुनः नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य पदमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्।

पाँच सय बिघाको गिरीबन्धु टी स्टेटमा सेयर विवाद

सरकारबाट हदबन्दी छुट लिएको करिब ५ सय बिघा क्षेत्रफलमा फैलिएको झापाको गिरीबन्धु टी स्टेटमा सेयरधनीहरूबीच विवाद देखिएको छ।

संयुक्त इजलासले टुंग्याउन सकेन कोशीको विवाद

सर्वोच्च अदालतको संयुक्त (दुईजना न्यायाधीश सम्मिलित) इजलासले कोशी प्रदेश सरकारको मुद्दा जटिल कानुनी विषय भएको बताउँदै टुंगाउन नसक्दा पूर्ण (तीन वा त्यसभन्दा बढी न्यायाधीश सम्मिलित) इजलासमा पठाउने आदेश गरेको छ।

यु–१६ यूथ लिग: विवादकाबीच भएनन् आजका खेल

कुल १० टोलीले प्रतिस्पर्धा गरेको लिग आगामी ६ महिनासम्म चलाउने योजनासहित एन्फाले शुरु गरेको हो। तर, शुरु भएको एक हप्ता पनि बित्न नपाउँदै मनाङ, संकटा, फ्रेण्ड्स र एनआरटी गरी चार क्लबले लिग नखेल्ने घोषणा गरेका छन्। जसको कारण शनिवार तय भएका खेल नै हुन सकेनन्।

विराटनगर महानगर र विमानस्थलबीच कर विवाद , कुनै पनि कर बुझाउँदैनौंः प्राधिकरण

प्राधिकरणको सम्पूर्ण कारोबारको हरहिसाबको अडिट महालेखाले गर्ने गर्छ। महालेखाले अडिट गर्दा प्राधिकरणले कर नतिरे वा नबुझाएको देख्छ र तिर्न लगाउने भएको हुँदा कर तिर्नुपर्ने हुन्छ।

धरान-इटहरी सीमा विवाद समाधान गर्न समिति गठनको गृहकार्य

सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए ।

सानातिना विवादमा अल्झिएको संसद्

संसद् राष्ट्रिय विधायिका निकाय हो जहाँ देशभरबाट निर्वाचित सदस्यहरूले बहस र कानून-विधान पारित गर्न भेला हुन्छन्। जसको माध्यमबाट सरकारका निकायहरूले देशको प्रगतिलाई मार्गदर्शन गर्ने प्रयास गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्