१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धरान-इटहरी सीमा विवाद समाधान गर्न समिति गठनको गृहकार्य

सीमा क्षेत्र पानीपियामा सोमबार सीमा प्रारम्भ बोर्ड राख्दै धरानको नगर प्रहरी। तस्बिर: रोहित/नागरिक

छिमेकी दुई उपमहानगरपालिका धरान र इटहरीबीच सीमा विवाद पुनः बल्झिएपछि समाधान गर्न जिल्ला समन्वय समितिले गृहकार्य थालेको छ।

गत वैशाखमा सतहमा देखिएक छिमेकी उपमहानगरबीचको विवाद अहिले पुनः बल्झिएपछि जिल्ला समन्वय समितिले समाधानको लागि पहल थालेको हो। सोमबार धरानले पुनः सीमाक्षेत्र दाबी गर्दै पानीपियामा सीमा प्रारम्भ बोर्ड राखेपछि दुई तहबीच तनाव सिर्जना भएको छ।

धरानले राखेको सीमा प्रारम्भ बोर्ड इटहरीको टोलीले दिउँसो हटाएको थियो। यो घटनापछि दुवै उपमहानगरपालिकाका मेयर, राजनीतिक दलका कार्यकर्ता तथा नागरिकस्तरमा पनि सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको छ।

सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए।

छिमेकी दुई उपमहानगरपालिका धरान र इटहरीबीच सीमा विवाद पुनः बल्झिएपछि समाधान गर्न जिल्ला समन्वय समितिले गृहकार्य थालेको छ।

‘हामीले आन्तरिक रूपमा गृहकार्य गरिरहेका छौं। साविक हाँसपोशा गाविस हुँदादेखिकै सीमाक्षेत्र अध्ययन भइरहेको छ। हाँसपोशा समायोजन हुँदा कति क्षेत्र धरानमा र कति इटहरीमा गाभिएको हो, त्यो पनि अध्ययन हुँदैछ,’ मेहताले भने, ‘नापी र मालपोतसँग पनि बुझ्दैछौं। यसको लागि एउटा समिति नै गठन गर्छाैं।’

सभापति मेहताका अनुसार बैठक बसेर जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एक समिति गठन गर्ने तयारी भइरहेको छ। समस्या समाधान गर्न धरान र इटहरीका मेयरसँग पनि कुराकानी भएको उनले बताए।

सीमा विवाद सुल्झाउन धरानले पत्राचार गरेको जानककारी दिदै उनले भने, ‘धरानबाट अस्ति नै पत्र आएको हो। हाम्रो समन्वयकारी भुमिका भएकोले लागिपरेकै छौं। चाडै समाधान गछौं,’ मेहताले भने, ‘वास्तविकता लुकेर लुक्दैन। राज्यले कस्को सीमा कहाँ निर्धारण गरेको छ, त्यो खुलिहाल्छ।’

सभापति मेहताका अनुसार बैठक बसेर जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा एक समिति गठन गर्ने तयारी भइरहेको छ। समस्या समाधान गर्न धरान र इटहरीका मेयरसँग पनि कुराकानी भएको उनले बताए।

तत्कालीन हाँसपोशा गाविस इटहरीमा समायोजन गरिएपछि धरान र इटहरीबीच विवाद शुरु भएको हो। हाँसपोशा गाविस अस्तित्वमा हुँदा कोसी राजमार्गमा पर्ने सेउती खोलाको पुललाई धरानसँग सीमा मानिएको थियो। उक्त गाविस इटहरीमा गाभिएपछि पछिल्लो समय दुई उपमहानगरपालिकाबीच सीमा विवाद सतहमै देखिएको छ।

नापी विभागले जारी गरेको नक्सामा धरान र इटहरीको सीमाना पानीपिया क्षेत्र रहेको छ। सो क्षेत्र विगतमा हाँसपोशा गाविसको रहेको थियो र अहिले आफ्नो हुने इटहरीको दाबी छ। तर, नापी विभागको नक्सामा सीमा भएकाले त्यहाँ धरानले सीमा प्रारम्भ बोर्ड राख्ने गरेको छ। धरानले राखेको बोर्डलाई इटहरी उपमहानगरले हटाउने गरेको छ।

गत वैशाखमा पनि धरानले राखेको बोर्ड राष्ट्रिय युवा संघ इटहरीले उखेलेर लगेको थियो। त्यसपछि धरानले कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समन्वय समितिलाई सीमा क्षेत्र निक्योल गरिदिन पत्राचार गरे पनि समाधान भएको थिएन।

सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए।

सोमबार धरानको नगर प्रहरीले पानीपियामा पुनः सीमा प्रारम्भ बोर्ड राखेपछि विवाद बल्झिएको छ। धरानका मेयर हर्क साम्पाङले आधिकारिक नक्सा बमोजिम पर्ने सीमाक्षेत्रमा बोर्ड राख्न पाउने र इटहरीले अराजक शैलीमा हटाउन नपाउने बताएका छन्।

नगर प्रहरीले बोर्ड हटाउने क्रममा तोडफोड गरेको घटनाप्रति उनले आपत्तिसमेत जनाएका छन्। जिल्ला समन्वय समितिलाई पत्राचार गरेपछि छलफलमा बोलाउँदा पनि इटहरीका मेयर उपस्थित नभएको मेयर साम्पाङको भनाइ छ।

इटहरीका मेयर हेमकर्ण पौडेलले भने हाँसपोशा गाविस समायोजन भएपछि स्वतः इटहरी भएको भूभागलाई धरानले दाबी गर्नु उचित नभएको बताए। उनले धरानका मेयर साम्पाङको कार्यशैली प्रचारमुखी भएकोले वार्ता, संवादबाटै समस्याको हल खोज्नुपर्ने बताएका छन्।

प्रकाशित: २० असार २०८० ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App