२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला

एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा खोलिएका साना पसललाई प्रहरीले बन्द गराउँदै आए पनि सोही ठाउँमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा भने प्रहरीले आँखा चिम्लने गरेको छ।

ओलीविरुद्ध मोर्चाबन्दी

पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध मोर्चाबन्दी गरेका विपक्षी दलहरूले फेरि गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतक लडाइँ लड्न एकताबद्ध हुँदै आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्।

औद्योगिक क्षेत्रका ७० प्रतिशत उद्योग बन्द

कामदारमा कोरोना संक्रमण तथा आवतजावतमा समस्याले औद्योगिक क्षेत्रका पानी, दूध, खाद्यान्न, ग्यास बाहेकका प्रायःसबै उद्योग बन्द छन्।

कोरोना नियन्त्रणमा उदाहरण बन्दै स्थानीय तह

दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता पहिलो लहरभन्दा निकै बलियो र प्रभावकारी देखिएको छ।

प्रभावहीन बन्दै संसद्

संसद्मा सरकारले ल्याएका राम्रा कामको पनि विरोध हुने हुँदा संसदीय व्यवस्था अलोकप्रिय बन्दै गएको एकथरीको भनाइ छ भने अर्को थरी संसद्मा सत्य कुरामा बहस हुनुपर्ने मान्यता राख्छन्। ‘सत्तामा गएर मात्तिने र सत्तामा नपुगेका आत्तिने’ प्रवृत्ति नै अहिलको मुख्य समस्या भएको विश्लेषक बताउँछन्।

दोधारा चाँदनी सुक्खा बन्दरगाहको गुरुयोजना तयार

यो परियोजना बनेसँगै भारतको राजधानी सहर दिल्लीबाट करिब तीन सय किलोमिटर दुरीमा अवस्थित भएकाले पनि नेपालको व्यापार घाटा कम गर्न धेरै मद्दत पु¥याउनेछ। त्यति मात्रै होइन, सामान पनि सस्तो र सुलभ दरमा आयात तथा निर्यात गर्न सकिनेछ।

आजदेखि काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड-१९ को जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ।

कालीमाटी तरकारी बजारमा होलसेल बाहेक सबै कारोबार बन्द

खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।

एकै परिवारका दुईको मृत्यु, अवस्था भयावह बन्दै

कोरोना संक्रमणबाट एकै परिवारका दुईजनाको मृत्यु भएको छ। एकै परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएकोमा केही दिनको फरकमा दुईजनाको मृत्यु भएको हो। एकै परिवारका दुईको मृत्यु भएसँगै गाउँमा निकै त्रास फैलिएको छ।

कोरोना संक्रमण रोक्न जलेश्वरमा निश्चित स्थल तोकेर पुर्णरुपमा बन्द गर्ने निर्णय

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढ्न थालेपछि मंगलबारदेखि सदरमुकाम जलेश्वरमा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय भएको छ।

उर्लाबारी नगरपालिकाको सेवा बन्द

उर्लाबारी नगरपालिकाले बुधबार सार्वजनिक सूचना प्रकाशन गरी एक हप्ताका लागि उर्लाबारी नगरपालिका र अन्तर्गतका कार्यालयहरूको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको मेयर खड्ग फागोले जानकारी दिए।

धरान उपमहानगरपालिकामा अत्यावश्यकबाहेक सेवा बन्द

उपमहानगरपालिकामा कार्यरत कर्मचारी संक्रमित हुन थालेको साथै समुदायस्तरमा पनि कोरोना संक्रमण फैलिए पछि धरान उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गरेको छ।

चिकित्सक कोरोना उपचारमा खटिँदा ओपिडी सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढेको भन्दै जोखिम कम गर्न ओपिडी सेवा बन्द गरेको हो। आकस्मिक सेवामार्फत उपचार भइरहेको निमित्त अस्पताल निर्देशक डा.राजीव शाहले जानकारी दिए।

रौतहटमा काेराेना संक्रमणः हाटबजार धमाधम बन्द गर्दै पालिका

जिल्लामा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको देखेर रौतहटका विभिन्न पालिकाहरुले हाटबजार धमाधम बन्द गर्न थालेका छन् ।

चार्टर्ड तथा उद्वार उडान नराेकिने

यस अवधिमा चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने क्यानले जनाएको छ। क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले आवश्यकताका आधारमा अनुमति लिएर आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैमा चार्टर्ड तथा उद्धार उडान हुने बताए।भारत र नेपालबीच एयर बबल प्रणालीअनुसार सातामा बढीमा दुई उडान हुनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्