२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा स्थगित गरिएको सूचनामा उल्लेख छ।

भारतबाहेक अन्य देशमा उडान बन्द हुने

मन्त्रिपरिषद्को हवाई उडानसम्बन्धी पाँचबुँदे पछिल्लो निर्णयले आन्तरिक र बाह्यतर्फका नियमित उडान वैशाख मसान्तसम्म बन्द गर्ने प्रस्ट पारेको छ। यसअघि केही देशमा बुधबारदेखि बाह्य उडान रोक्ने तयारी रहेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार बाह्य उडान बिहीबार रातिदेखि बन्द हुनेछन्।

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

आन्तरिक पूरै र अन्तर्राष्ट्रियका आंशिक उडान बन्द

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

कोरोना सङ्क्रमण भयावह बन्दै

कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ। सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्।

दैलेख अस्पतालको ओपिडि सेवा बन्द

जिल्ला अस्पताल दैलेखमा ओपिडि सेवा शुक्रवारदेखि बन्द गरिएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सेवा बन्द गरिएको हो।

जिल्ला अदालतको अत्यावश्यक बाहेकका सेवा बन्द

कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।

वीपीमा चर्किंदै इन्टरनेटमा भ्रष्टाचार प्रकरण: पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टरनेट सेवामा भएको भ्रष्टाचार प्रकरणलाई पदाधिकारीले नै ढाकछोप गर्न खोजेपछि थप विवाद चर्कदै गएको छ।

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो।

एक जना कोरोना संक्रमित भेटिएसंगै डोल्पाका सबै विद्यालय बन्द

जुफाल विमानस्थलमा कार्यरत एक जना पुरुष कर्मचारीमा संक्रमण देखिएपछि पुर्व सतर्कता अपनाउन जिल्लाका विद्यालय अनिश्चितकाल बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोभिड त्रासले पर्वतका सबै विद्यालय बन्द

कोरोना सङ्क्रमणको दोस्रो लहर बढेसँगै पर्वतका स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड –१९ सङ्क्रमण फैलिएपछि सबै विद्यालय बन्द गर्न निर्देशन दिएसँगै जिल्लाका स्थानीय तहले पनि विस्तारै पठनपाठन बन्द गराएका हुन्।

हलेसी मन्दिर १५ दिनका लागि बन्द

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) खोटाङको बैसाख १३ गते बसेको बैठकको निर्णय अनुसार बुधबारदेखि हलेसी मन्दिर गुफा बैसाख मसान्तसम्मका लागि बन्द गरिएको हो।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

आगामी वैशाख १६ गते बिहीबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द भएको छ।

दिप्रुङमा अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द

कोरोना भाइरसको दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले हाटबजार बन्द गरेको छ।

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द

कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्