coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्ला अदालतको अत्यावश्यक बाहेकका सेवा बन्द

कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण जिल्ला अदालत खोटाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। 

कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतको बैसाख १४ गतेको बैठकले अदालतको नियमित कामकारबाही तथा सेवा प्रवाह समेत संकुचन गर्न आवश्यक ठहर गरेपछि जिल्ला अदालतको अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको हो ।

जिल्ला अदालतका श्रेष्तेदार उपसचिव रामाकान्त यादवले जारी गरेको सूचनामा बैसाख १७ गतेदेखि बैसाख मसान्तसम्म जिल्ला अदालतको अत्यावश्यक बाहेकका काम कारबाही तथा सेवा बन्द गरिएको उल्लेख छ।  

बिहिवार खोटाङ जिल्ला अदालत, जिल्ला बारका प्रतिनिधि तथा सदस्यहरु र निमित्त जिल्ला न्यायधिवक्ता सहितको बैठकले अदालतबाट गरिने नियमित कामकारबाही र प्रवाह हुने सेवाहरुमध्ये बन्दीप्रत्यक्षीकरण र निषेधाज्ञाको निवेदन दर्ता र सुनुवाई, म्याद थप, पक्राउ पुर्जीको अनुमति र स्वीकृति, कल डिटेल सम्वन्धि अनुमति, अभियोगपत्र दर्ता र थुनछेक तथा मुद्धा फिर्ता र मिलापत्र बाहेक अन्य सबै किसिमका काम कारबाही र सेवाहरु बैसाख मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको हो। यद्यपी, यस अवधिमा हद म्याद, म्याद तथा तारेख नगुज्रने जिल्ला अदालतले जनाएको छ। 

प्रकाशित: १७ वैशाख २०७८ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App