२३ आश्विन २०८१ बुधबार
image/svg+xml

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि एक साताका लागि विद्यालय बन्द

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५, स्याफ्रुमा रहेको कोमिन श्यामेवाङ्फेल मावि एक साताको लागि बन्द गरिएको छ। कोरोनाको दोस्रो लहर चलिरहँदा शिक्षक तथा विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको हो।

एमालेमा नेपाल पक्षलाई ढोका बन्द !

नेता नेपालले ओलीमा धराहराभन्दा माथिको दम्भ रहेका कारण मिलाउनेभन्दा बिगार्न लागिपरेको बताएका छन्। ‘केपी ओलीको दम्भ अहिले धरहराभन्दा माथि चढेको छ। हिजो धरहरा हेर्दै हुनुहुन्थ्यो, त्यो धरहरा देखेर उहाँले दम्भ देखाइरहनुभएको थियो। त्यो दम्भको कुनै अर्थ छैन। हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं’, नेपालले जनकपुरमा भने।

भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा यातायात बन्द

मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमालेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं–हेटौँडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा.सहदेव भण्डारीले बताए।

पशुपतिनाथ मन्दिर आजदेखि बन्द

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ। कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो।

अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता

खोटाङ यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले गत सोमबारदेखि आव्हान गरेको अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द बिहीबार फिर्ता गरेको हो ।

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक नौ घण्टा सवारी आवत जावत रोक्ने समय तालिका सार्वजनिक गरेको हो।

पोखरा रंगशाला बैशाख मसान्तसम्म बन्द

कोरोनाको संक्रमण बढेसँगै पोखरा रंगशालामा खेलकुदका गतिविधिमाथि रोक लगाइएको छ। जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले सूचना जारी गर्दै बैशाख मसान्तसम्म पोखरा रंगशाला बन्द गरिएको जनाएको छ।

गोरखाका धार्मिकस्थल बन्द

‘कोभिड–१९ विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका सबै मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिदमा हुने नित्यपूजा, ध्यान, प्रार्थनाबाहेक सबै पूजाआजा वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले भने। नित्य पूजाआजामा पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय भएको उनले बताए।

सर्वोच्च अदालतद्वारा रंगेहात पक्राउ गर्न बन्देज

सर्वोच्चको यो निर्णयसँगै अख्तियारले आफ्ना कर्मचारीमार्फत रकम दिएर घुस लिएको भन्दै रंगेहात पक्राउ गर्न पाउनेछैन। त्यसैगरी स्टिङ अपरेसनअन्तर्गत चलाइएका मुद्दासमेत बदर हुने भएका छन्।

आजदेखि गोरखाका धार्मिकस्थल बन्द

सिद्ध मनकामना, गोरखनाथ र गोरखकाली मन्दिरआज देखि वैशाख महिनाभर बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै जिल्लाका सबै मठ, मन्दिर, चर्च, मस्जिद वैशाख मसान्तसम्म बन्द गर्ने जनाएको छ।

घुर्मी–कटारी–मिरचैया सडक बन्द

सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गर्न माग गर्दै कम्पनीले सोमबारदेखि सो खण्डमा अनिश्चित कालका लागि सवारी साधन आवतजावत बन्द गराएको हो।

वैशाख २७ देखि कतारी रियालको कारोबार बन्द

कतारको केन्द्रीय बैंकले आगामी असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको राष्ट्र बैंकको भनाइ छ। सो अवधिभन्दा अगावै सटहीका लागि समयसीमा तोकिएको हो।

बिहीबारदेखि विद्यालय बन्द, बैशाख १४ गतेदेखि बार्षिक परीक्षा

धरान उपमहानगरपालिका क्षेत्रका सम्पूर्ण विद्यालय बिहीबारदेखि बन्द गरिने भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले बैशाख मसान्तसम्म विद्यालयमा बन्द गर्ने निर्णय गरेपछि मंगलबार शिक्षा क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर धरान उपमहानगरले बिहीबारदेखि विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

चोभार सुक्खा बन्दरगाह दुई महिनाभित्र तयार

यो परियोजनाको लागि दोस्रोपटक थपिएको म्याद वैशाख १३ गते सकिँदैछ। अहिलेसम्म परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। वित्तीय प्रगति ६१ प्रतिशत छ। सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु भएको थियो।

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएकोे हो। सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्